दशैं मनाउन घर फर्कनेको लर्को

बद्री पन्त
जाजरकोट २१, असोज ।
कमाई गर्न भारत गएका र अध्ययन, रोजगार, ब्यापार लगाएत कामका लागि राजधानी लगाएत शहरमा बस्दै आएकाहरु स्थानीयहरु दशैं मनाउन घर फर्कन थालेका छन् । उनीहरु चाडपर्व मनाउन घर फर्केका हुन् ।
खगेनकोट ५, हलचौरका भीमबहादुर खत्री १८ बर्ष पछि भारतको हिमाञ्चल प्रदेशबाट दशैं पर्व मनाउन घर फर्केका छन । त्यस्तै रामीडाडा १, वयालाका प्रेम रावल, अमर बस्नेत लगाएत १८ जना भारत कमाइ गरेर घर आएका छन । उनीहरु त उदाहरण मात्र हुन् ।
IMG_1971दशैं पर्व मनाउन जाजरकोटमा दैनिक हजार बढीको संख्यामा घर फर्कने गरेका छन् । विभिन्न समयमा कमाईका लागि भारत लगाएत देशमा गएकाहरु दशैं तथा तिहार पर्व मनाउन घर फर्केको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो । यो साता दशैं पर्व मान्न गाउ फर्कनेको बढेको प्रजिअ गौतमको भनाइ छ ।
नेपालगंज, छिन्चु, सल्लीबजार, चौरजहारी, खलंगा, रिम्ना, पा“चकाटीया मोर्कबजार, थलहबजार हु“दै घर फर्कने क्रम पछिल्लो दिन बढ्दै गएको छ । रिम्ना नाका हु“दै मात्र दैनिक ६ सय घर फर्केको रिम्नाका ब्यापारी कृष्णबहादुर रावतले बताउनु भयो । दशैं मनाउन घरफर्कनेहरुले सल्लीबजार, छेडाबजार, फेराबजार, खलंगा, कालीमाठी, थलहबजार, रिम्नाबजार लगाएतमा दिनभर चहलपहल बढेको छ । फर्कनेमा अधिकांश कमाईका लागि भारत गएका रहेका छन् ।
त्यस्तै विभिन्न बजारका पसलमा पनि घर फर्कनेले सामान किनमेल गर्न लाग्दा ठुलै भीडभाड हुने गरेको छ । यतिबेला ब्यापारीलाई समेत एक छिन फुर्सद छैन । भारतका विभिन्न शहरबाट कमाई गरेर फर्केकाले बढी किनमेल गर्ने गरेको रावतको भनाइ छ ।
दशैं मान्न घर फर्कनेहरु होटल र यातायातका साधनमा भरीभराउ हुने गरेका छन् । यात्रु बसमा खुट्टा टेक्ने ठाउ समेत नपाईने गरेको छ । बसको सिट रोक्न यात्रु एक दिन अघि नै बसमा सुत्ने गरेका छन् । यतिबेला घर फर्कनेको घुईचो हु“दा छिन्चु जाजरकोट सडकमा आवतजावत गर्न निकै कठिनाई भएको हो । बुढाबुढी, केटाकेटी र महिलालाई झन सास्ती भएको भारतको हिमाञ्चल प्रदेशबाट फर्केका रुकुम गोतामकोट १ का राजेन्द्र शाहीले बताउनु भयो ।
भारतभर यातायात गर्न सहज भयो । तर नेपाल पसे यता निकै सास्ती ब्यहोर्नु परेको शाहीको भनाइ छ । मह“गो भाडा, गाडीमा सिट नपाउने लगाएत समस्याले सताएको छ । भारतबाट घरखर्च जुटाएर दशैं तिहार मनाउन घर फर्कन नै कठिन भएको शाहीले बताउनु भयो । जाजरकोट सदरमुकाम खलंगा हु“दै डोल्पा र रुकुमका स्थानीय बासिन्दा समेत घर फर्कने क्रम बढेको छ ।

प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार १६:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *