आर्थिक अभावले २ महिनादेखि अस्पतालको शैयामा बीरु

बद्री पन्त
जाजरकोट २, मंसीर
दुई महिना देखि जाजरकोट अस्पतालको शैयामा भेरीमालिका नगरपालिका ३, सिमलगैरीका ३५ बर्षीय वीरु नेपाली छट्पटाई रहेका छन् । अस्पतालले उनको स्वास्थ्य समस्याको समाधान पनि गर्न सकेको छैन । अस्पतालले रिफर गरे उपचार गर्न जाने रकम छैन र डिस्चार्ज गरे बास बस्ने ठाउ“ पनि छैन बीरुस“ग ।
IMG_20161116_171807अस्पतालको प्राथमिक उपचारको भरमा मृत्यु कुरेर बसेको बीरुले बताए । ‘यस अस्पतालमा घाउ सफा गर्ने बाहेक अन्य उपचार संभव छैन, मलाई कुन दैवले यो मृत्युवाट वचाइदेला खै ?’ उनले भने । ५ महिना अघि मजदुरी गर्ने क्रममा एक्कासी लडेर दाया“ घुडामा लागेको घाउ संक्रमण भै थला परेको उनले बताए । उक्त घुडाको चोट सन्चो नह“दा नै मृत्युस“ग लडिरहेका नेपालीको अस्पतालको शैयामा वास भएको ४ महिना बढी भयो । घु“डामा चोट लागेको ३ सातासम्म घरमै थला परेका बीरुको केहि संस्था र स्थानीयको सहयोगमा गत जेठ २८ गते काठमाडौंको शुष्मा कोईराला मेमोरियल अस्पतालमा अप्रेसन भएको थियोे ।

काठमाडौं अस्पतालमा ३ लाख खर्च विभिन्न संस्था र व्यक्तिहरुले ब्यहोरेका थिए । तर पुर्ण सन्चो नहु“दै अस्पतालले उनलाई जाजरकोट फर्काईदियो । उपचार खर्च तथा कुरुवा अभावमा घाउ सन्चो नहु“दै अस्पतालले जाजरकोट फर्काएको उनले बताए । फेरि घाउको संक्रमण भएपछि उनी २ महिना अघि जिल्ला अस्पतालमा भर्ना भएका थिए । बीरु उपचार खर्चको अभावले अस्पतालको शैयामा धुर धुरु रु“दै वसेका छन् । त्यसैमा गत जेठमै आमा लल्तीको मृत्यु हु“दा उनलाई थप पिडा भएको छ । बाल्यकालमै बाबु गोपाललाई गुमाएका बीरु ४ महिनादेखि अस्पतालमा गरेको उपचारले विरामीबाट मुक्ति नपाउदा संकटमा परेका छन् ।

खुट्टाको घाउ सन्चोे हुनुको साटो झन झन वल्झिदै जा“दा उनी अहिले जीवन मरणको दोसा“धमा छन् ।
डाक्टरले थप उपचारका लागि काठमाडौं तर्फ जान सिफारिस गरेपनि आर्थिक अभावले उनी अस्पतालमै मृत्युस“ग लडिरहेका छन् । उपचारका लागि आर्थिक सहयोग गर्ने कोहि नभएपछि उनी शैयामा छट्पटाउन वाध्य भएका हुन् । गरिवीका कारण युवा अवस्थामै जीवन र मरणको दोसा“धमा रहेको उनले बताए । तत्काल सुविधा सम्पन्न अस्पतालमा पुरयाएर उपचार नगरे बीरुको ज्यान जाने खतरा बढेकोे डा सुनिल पुनले वताए । “मेरो यो संसारमा आफ्नो भन्ने कोहि छैन ।

म कसरी यो अस्पतालवाट वाहिर जाउ ? गोजीमा कौडी छैन । नेता र नेताको आफन्त भएको भए यो गति हुदैन्थ्यो । सरकारले नै उपचार गरीदिन्थ्यो होला, नेता र उनका आफन्त विरामी हु“दा सरकारले आर्थिक सहयोग गर्र्छ भन्ने सुनेको छु,” उनले भने । उपचार खर्चका लागि धेरैलाई गुहारे पनि कसैले वास्ता नगरेको उनको गुनासो छ ।

प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १०:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *