जागरणको अध्यक्षमा पूर्णप्रसाद पौडेल

सुर्खेत, २० मंसिर ।
जागरण वहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा पूर्णप्रसाद पौडेल चयन हुनु भएको छ ।
संस्थाको साधारण सभाले पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
लामोसमय देखि राजनीति र समाजसेवामा सक्रिय हुदै आउनु भएका पौडेल मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिका सदस्य समेत हुनुहुन्छ ।
14725556_1631828430443934_7476501152104413540_nनवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको विकास र उन्नतिका लागि निरन्तर रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सभाले उपाध्यक्ष नमराज शर्मा, सचिवमा नवराज खड्का र कोषाध्यक्ष निर्मला भट्टराईलाई चयन गरेको छ ।
यस्तै सदस्यहरु चौहानसिं राना, लोकप्रसाद चालिसे, कमल चालिसे, सुदर्शन खड्का र माधव प्रसाद ढकाल तथा संस्थागत सदस्यहरु ग्रामीण जागरण वचत तथा ऋण र सीमान्तकृत महिलाहरुका लागि महिला सहकारी रहेका छन ।
सभाले लेखा समिति संयोजक मीनविक्रम शाह र सदस्यहरु धनबहादुर ओली र राजेश ढकाललाई चयन गरेको बताएको छ ।

प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार ०९:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *