फरार अभियुक्त २६ बर्षपछि पक्राउ

बद्री पन्त
जाजरकोट २९, मंसीर ।
जाजरकोट साल्मा ९ का ६२ बर्षीय प्रेमबहादुर थापा २६ बर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत जाजरकोटले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त थापालाई शुक्रवार कारागार पठाएको छ ।
थापालाई प्रहरी निरीक्षक सुभाष भट्टको टोलीले दशेरा ८, थलहबजारबाट पक्राउ गरेर अदालतमा बुझाएको थियो । थापाले २०४७ सालमा साल्मा ९ का आइते रावतलाई हत्या गरेका थिए । सोही ठाउका मन्दिरे रावतको कर्तब्य ज्यान मुद्धासम्बन्धि जाहेरीले प्रतिबादी थापालाई जिल्ला अदालतले मुलकी ऐन ज्यान सम्बन्धित महल १३ (३) बमोजिम कसुर ठहर गर्दै जन्म कैद सजाय“को फैसला गरेको थियो ।
त्यस्तै ६ महिना अघि प्रहरीले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त भीमबहादुर कामीलाई १८ बर्ष पछि र ज्यान मार्ने उद्योगका फरार अभियुक्त भेरीमालिका नगरपालिका २, डिङ्गाका ८० बर्षीय टेकबहादुर थापालाई ४३ बर्ष पछि पक्राउ गरेर कारागार पठाएको थियो । अदालतले फैसला कार्यान्वयनमा ताकेता गरेपछि प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न लागेको श्रेस्तेदार नेत्र प्रसाद भुसालले बताउनु भयो । जाजरकोटमा १ सय ५० ब्यक्तिको ३ सय ५० बर्ष कैद र १० लाख जरीवाना फच्र्यौट गर्न बा“की रहेको श्रेस्तेदार भुसालले जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०७:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *