भवन अलपत्र

बद्री पन्त
जाजरकोट १४, पुस
जिल्ला शिक्षा कार्यालय अन्र्तगतको भौतिक सुविधा विस्तार कार्यक्रमका आधा दर्जन विद्यालय भवन निर्माण अलपत्र परेका छन् । विगत ४ बर्षदेखि विभिन्न विद्यालयमा उक्त भवन निर्माण कार्य अधुरै छ । तर शिक्षा कार्यालयले भने निर्माण सम्पन्न नहु“दै पुरै रकम निकासा गरेको छ ।
शिक्षा कार्यालय मार्फत वितरण भएको उक्त कार्यक्रमको रकम दुरुपयोग भएपछि निर्माण अलपत्र परेको हो । बीरेन्द्र माध्यमिक विद्यालय जु“गाथापाचौर र विजय माध्यमिक विद्यालय काफलचौर, पुन्मामा ४ कोठे भवन निर्माणका लागि २४ लाख निकासा भएको ४ बर्ष वितेको छ । त्यस्तै बाल माध्यमिक विद्यालय झाप्रा, चन्द्र दिपक माध्यमिक विद्यालय नाहाडा, जु“गाथापाचौर, सरस्वती माध्यमिक विद्यालय पुन्मा र इन्द्र ज्योति सामुदायिक माध्यमिक विद्यालय थालारैकरको भवन निर्माण शुरु भएको ३ बर्ष वितेको छ । ती विद्यालयमा शिक्षाले भवन निर्माणका २४ लाख दरको रकम निकासा पनि गरी सकेको छ । तर विद्यालयले भने भवन निर्माण कार्य सम्पन्न नगरी अलपत्र पारेका छन् । निर्माण शुरु भएको १ बर्षमै सम्पन्न गर्नु पर्ने भवन बर्षौं वित्दा समेत अधुरै छन् । निर्माण कार्य पुरा नहु“दै रकम निकासा गर्दा थप समस्या भएको झाप्राका अभिावक बीरबहादुर थापाले बताए । ‘एकातिर सरकारी लगानी बालुवामा पानी बगे जस्तै भएको छ । अर्को तिर विद्यार्थीलाई पठनपाठनका लागि कक्षाकोठा अपुग छन् । विद्यार्थीहरु अ“ध्यारो, सागुरो र जीर्ण भवन तथा खुला आकाशमा पढ्न वाध्य छन्’, उनले भने । IMG_4006
यस जिल्लामा भौतिक विस्तार कार्यक्रम अन्र्तगत निर्माण हुने अधिकांश भवनमा कम्सल सामाग्री प्रयोग भएको उनले बताए । भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरीने भने पनि सामाग्री गुणस्तरहीन प्रयोग हुने गरेको थापाले बताए । ४ कोठे भवनको पिलर तथा विममा १६ एमएमको छड डिजाईन भएपनि १० एमएमको प्रयोग गरेको उनले बताए । त्यस्तै मेसिनरी वाल लगाउनु पर्नेमा ढुंगामाटो लगाएको उनले बताए । भवन निर्माणका लागि अग्रीम रकम निकासा लिएर मनोमानी खर्च गर्ने र भौतिक संरचना निर्माण नगर्ने विद्यालय दर्जनौंको संख्यामा रहेका छन् । बर्षेनी शिक्षा कार्यालयद्वारा वितरण भएका करोडौंको भौतिक सुविधा विस्तार कार्यक्रममा अनियमितता हुने गरेको उनले बताए । IMG_4011
विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति, प्राविधीक लगाएतको मिलोमतोमा विद्यालय भवनको रकम दुरुपयोग हुने गरेको पाइएको छ । भवन निर्माण अलपत्र पार्ने विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई कारवाही गर्नु अवस्था आएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए । एक आर्थिक बर्षमा कार्य सम्पन्न गर्नु पर्ने भवन ४÷५ बर्ष वित्दा पनि निर्माण हुन नसकेको जिल्ला शिक्षा अधिकारी सिंहले बताए । पटक पटक ताकेता गर्दा पनि सम्बन्धित प्रधानाध्यापक र अध्यक्षले अटेर गरेको उनले बताए । । मावि जुगाँथापाचौर, मावि झाप्रा, इन्द्र ज्योति मावि थालारैकर र मावि छिप्रेनाको भवन निर्माणको रकम घोटला बारे उजुरी अख्तियारमा परेको सिंहले बताए ।
क्याप्सन जाजरकोटको बाल माध्यमिक विद्यालय झाप्राको निर्माण अलपत्र परेको ४ कोठे भवन अवलोकन गर्दै अख्तियार सुर्खेतको टोली । तस्विर  बद्री पन्त

प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १६:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *