बालवालिकालाई नवज्योति केन्द्रको सहयोग

सुर्खेत, २१ फागुन ।
युवा लक्षित बजेट युवाहरुको विकास र प्रगतिको लागि खर्चिनु पर्नेमा युवाहरुले जोड दिएका छन ।
सुर्खेतको वीरेन्द्रनगर ५ मा रहेको श्रीनगर वाल क्लवले आयोजना गरेको सामाजिक विकृति न्युनिकरण सम्वन्धी कार्यक्रमा उनीहरुले स्थानीय निकायमा आउने युवा लक्षित बजेट बाटो, खानेपानी लगायत अन्य विकास निर्माणमा खर्च हुने गुनासो गरेका हुन ।
उनीहरुले लक्षित समुदायको लागि आउने रकम लक्षित वर्गकै हितमा खर्च गर्नु पर्नेमा उल्लेख गरेका छन ।
नवज्योति केन्द्र सुर्खेतको सहयोगमा स्थापना भएका वाल क्लवहरुले अहिले युवा लक्षित बजेट युवाहरुको विकासमा खर्च गर्न माग गदै आएका छन ।
२०७१ सालमा स्थापना भएको क्लवले सामाजिक बिकृति र विसंगति विरुद्ध काम गदै आएको छ ।
बाल क्लवका आवद्ध वालवालिकाले नवज्योति केन्द्रको सहयोगकै कारण धेरै वालवालिकाले पढन लेख्न पाएको बताएका छन ।
कार्यक्रममा समुहका अध्यक्ष जुनु गन्दर्भले जुवातास, जाडँरक्सी नियन्त्रणको लागि क्लव सक्रिय भएर लागेको बताउनु भयो ।
यस्तै वाल विवाह, घुरले हिंसा, वाल हिंसा विरुद्ध पनि क्लवले काग गदै आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नवज्योति केन्द्रका डाइरेक्टर सिस्टर रोसिटाले सामाजिक उत्तरदायित्व पूरा गर्नको लागि केन्द्रले विभिन्न क्रियाकलाप संचालन गदै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदी, एमालेका नगर अध्यक्ष निलकण्ठ खनाल, अधिवक्ता गीता कोइराला लगायतले वाल वालिकाको हक अधिकार संरक्षण गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १६:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *