उपाध्याय, राठौर र शर्मा सम्मानित

सुर्खेत, २५ फागुन ।
एम्नेस्टी इन्टरनेसनल नेपाल लयर्स समुह ६९, सुर्खेतले सुर्खेतका तीन जना महिलाहरुलाई सम्मान गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर युवा उद्यमी हिमा उपाध्याय, महिला अधिकारकर्मी सितलसिह राठौर र स्वास्थ्यकर्मी सीता शर्मालाई सम्मान गरेको हो ।
आफनो क्षेत्रबाट सुर्खेतको विकास र प्रगतिमा महत्वपूर्ण भुमिक निर्वाह गरेको भन्दै समुहले उहाँहरुलाई सम्मान गरेको जनाएको छ ।
उपाध्याय भवानी छापाखानाका संचालक हुनुहुन्छ भने राठौर एकल महिला समुह सुर्खेतको अध्यक्ष र शर्मा सिनियर अनमी हुनुहुन्छ ।

प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार ०८:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *