युवा समाजसेवी पोख्रेलद्वारा क्यान्सर पीडितलाई ४४४४ सहयोग

सुर्खेत, ४ चैत्र ।
सुर्खेतको वीरेन्द्रनगर २ निवासी युवा समाजसेवी दिपक पोख्रेलले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि व्यक्तिगत रुपमा ४ हजार ४ सय ४४ रुपैया प्रदान गर्नु भएको छ ।
क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि उहाँले यो रकम सहयोग गर्नु भएको छ ।
क्यान्सरवाट पीडित घर्तीको उपचारमा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले गरेको उहाँले बताउनु भयो ।
विहिवार पोख्रेलले उक्त रकम क्यान्सर पीडित सहयोगको लागि अभियान चलाई रहनु भएका पत्रकार प्रकाश पन्तलाई हस्तान्तरण गर्नु भएको छ ।
आफनो कमाईको १० प्रतिशत रकम समाज सेवामा खर्च गर्नुपर्छ भन्ने वुवाको प्रेरणावाट उत्प्रेरित भएर आफुले सहयोग गरेको उहाँले बताउनु भयो ।
उहाँ विद्युतिय सामाग्रीको कारोवारो गर्नु हुन्छ । उहाँले विगतमा पनि विभिन्न सामाजिक काममा सहयोग गर्नु भएको थियो ।
क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै उहाँले पत्रकार पन्तलाई धन्यवाद समेत दिनु भएको छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
आफुले चलाएको यो अभियानमा साथदिदै विभिन्न व्यक्तिहरुले अहिलेसम्म करिव ६० हजार रुपैया सहयोग गर्नु भएको पत्रकार पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मितिः ४ चैत्र २०७३, शुक्रबार ०१:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *