अवरुद्ध खानेपानी भोलीदेखि संचालनमा आउने

सुर्खेत, २४ असार ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १३ जुरे ढुङगामा पहिरो गएपछि अवरुद्ध भएको खानेपानी भोलीदेखि संचालनमा आउने भएको छ ।
पहिरोको कारण मुल पाइप लाइनमा समस्या आएपछि सुर्खेत उपत्यकामा खानेपानी आपुर्ति अवरुद्ध भएको थियो ।
अवरुद्ध खानेपानी संचालनको लागि तिव्र रुपमा पाइप मर्मतको काम भैइरहेको झुप्रा वृहत खानेपानी तथा सरसफाई संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटाले मर्मतको काम अन्तिम चरणमा पुगेकोले भोलीदेखि खानेपानी संचालनमा आउने जानकारी दिनुभयो । उहाँले पहिरोको कारण जुरेढंगामा रहेको मुल पाइप लाइनको ज्वाइन्ट फुस्किएको बताउनु भयो । मर्मतको काम आज सकिने भएकोले भोली देखि खानेपानी नियमति रुपमा संचालनमा आउने अध्यक्ष देवकोटाले उल्लेख गर्नुभयो ।
अवरुद्ध खानेपानी मर्मतको लागि तीनदिन देखि २० जना कामदार लागिरहेका छन । अध्यक्ष देवकोटाले पहिरोको कारण खानेपानी अवरुद्ध भएपनि उपभोक्तामा पर्न गएको समस्याप्रति आफु जानकार रहेकोले निर्माणको काम तिव्र गतिमा अघि बढाएको पनि उल्लेख गर्नुभएको छ ।

प्रकाशित मितिः २४ असार २०७४, शनिबार ०८:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *