लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोको ४ महिने उपल्व्धी

सुर्खेत, ११ कार्तिक ।
स्थापना भएको छोटो समयमै लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले उल्लेखनिय सामाजिक कामहरु गरेको छ ।
स्थापना भएको चार महिनाको अवधिमा क्लवले दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन, विद्यालयलाई शैक्षिक सहयोगदेखि रक्तदान हुदै सरसफाईसम्मको सामाजिक काम गरेको छ ।


क्लवले दुई हप्ताअघि जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका २ को छेप्कामा निशुल्क वालस्वास्थ्य शिविर संचालन गर्नुको साथै नलगाडै एक विद्यालयलाई ४५ हजार रुपैयाको कार्पेट सहयोग गरेको थियो ।


क्लवले सुर्खेत राकमको जाम्मुने बजारमा वृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरी करिव ५ सय जनालाई स्वास्थ्य सेवा दिएको क्लवका अध्यक्ष युवराज पौडेलले बताउनु भयो ।
उहाँले अहिलेसम्म क्लवले तलका प्रकारका सामाजिक कामहरु गरेको जनाकारी दिनु भएको छ ।


१ जुन १०, २०१७ मा क्लव घोषणा,
२ जुलाई ३ मा पहिलो क्लव वैठकले अध्यक्षको वार्षिक कार्ययोजना पारित, रिक्त पदहरुको पदपुर्ति
३ जुलाई ११ मा वुलवुलेमा चिल्डेन पार्क स्थापनाको क्लव र सुर्खेत उपत्यका नगर विकास समितिवीच संझौता ।
४ जुलाई १५ मा लाइन्स क्लव अफ सुर्खेत बुलबुलेले गरेको बृक्षरोपन कार्यक्रमका सक्रिय सहभागीता जनाएको ।
५ जुलाई १६ मा जुन चेयर पर्सन हरिहर वस्नेत र समा्रट गौतमले आयोजना गरेको क्लव अफिसर मिट प्रोग्राममा सहभागी भई कार्ययोजना तयार परेको ।


६ जुलाई २२ र २३ मा डिष्टक गर्र्भनर प्रेसिडेन्ट मिट प्रोग्राममा भैरहवामा क्लव अध्यक्ष युवराज पौडेल सहभागी भएको ।
७ जुलाई २८ मा लाइन्स क्लव अफ काठमाडौ विहानी डिष्टक ३२५ बी १ क्लवसँग मितेरी गाँसेको ।
८ अगस्त २ मा अगस्त महिनाको वोर्ड वैठकबसी फरक फरक प्रस्तावमाथी छलफल गरेको ।
९ अगस्त ३ मा अगस्त महिनाको क्लव वैठक बसी विभिन्न निर्णयहरु गरेको ।
१० अगस्त ३ मा गंगाराम आचार्यको अध्यक्षतामा ६० जनाको लियो क्लव अफ सुर्खेत सेरोफेरोको स्थापना गरेको ।
११ अगस्त ८ मा सुर्खेत स्थित लाइन्स लिडरहरुले आयोजना गरेको प्रेसिडेन्ट मिटमा सहभागीता जनाएको ।
१२ अगस्त ११ मा लियो क्लवमा आवद्ध भाईबहिनीहरुलाई प्रशिक्षण दिएको ।


१३ अगस्त १२ मा अन्तराष्टिय युवा दिवसको अवसरमा आयोजित प्रभात फेरी तथा अन्तरक्र्रिया कार्यक्रममा सक्रिय सहभागीता जनाएको ।
१४ अगस्त १५ लियो क्लवमा आवद्ध भाईवहिनीहरुलाई लियो ओरेन्टेसन एण्ड वर्कसप तालिम दिएको ।
१५ अगस्त १९ मा काठमाडौमा भएको डिष्ट्रीक स्टलेसन र प्रथम क्याविनेट वैठकमा सहभागी भई सेकेन्ड सेन्चुरी पंच्यालिटी पुरस्कारवाट सम्मानित भएको ।


१६ अगस्त २९ ज्वाइन्ट स्टलेसन प्रोग्राममा सहभागी भएको ।
१७ सेप्टेम्वर २ मा बीरेन्द्रनगर नगरपालिका १३ को गुप्तीपुरमा मधुमेह चेकजाँच शिविर संचालन गरेको । शिविरमा २४० जनाको मधुमेह चेकजाँच गरिएको ।
१८ सेप्टेम्वर ९ मा बुलबुलेमा सरसफाई कार्यक्रम संचालन गरेको ।
१९ सेप्टेम्वर १६ मा सुर्खेत सिम्तागाउँ पालिकाको जामुनेबजार राकममा वृहत स्वास्थ्य शिविर संचालन गरेको ।
२० सेप्टेम्वर २२ मा बीरेन्द्रनगर ७ कालिन्चोकमा रक्तदान कार्यक्रम गरेको । उक्त कार्यक्रममा २५ प्रिन्ट रगत संकलन भएको ।
२१ सेप्टेम्वर २५ मा सेप्टेम्वर महिनाको वोर्ड वैठक संचालन गरेको ।


२२ सेप्टेम्वर २६ मा सेप्टेम्वर महिनाको क्लव वैठक तथा दशै शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरेको ।
२३ अक्टुवर ५ मा बीरेन्द्रनगर १० बुदबुदीमा रहेको नवज्योति बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको ।
२४ अक्टुवर ५ मा जाजरकोटको दुर्गम गाउँ त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई ४५ हजार रुपैया बरावरको कार्पेट तथा शैक्षिक सामाग्री हस्तातरण गरियो ।


२५ अक्टुवर ६ मा जाजरकोटको दुर्गम गाउँ त्रिवेणी नलगाड नगरपालिका २ डाँडागाउँको छेप्कामा निुशुल्क वाल स्वास्थ्य शिविर संचालन गरी २ सय भन्दा बढी वालवालिकाको उपचार गरिएको ।
२६ अक्टुवर १८ मा अक्टुवर महिनाको वोर्ड वैठक सम्पन्न ।


२७ अक्टुवर २० मा तिहारको उपलक्ष्यामा सामाजिक सदभाव फैलाउन देउसी भैलो कार्यक्रम संचालन गरेको ।
२८ अक्टुवर २७ मा पहिलो जोन वैठकमा सहभागीता जनाएको ।
२९ अक्टुवर २८ मा अक्टुवर महिनाको क्लव वैठक सम्पन्न । वालरोग विशेषज्ञ डा.नवराज केसीलगायतलाई सम्मान गरियो ।

 

प्रकाशित मितिः ११ कार्तिक २०७४, शनिबार २०:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *