हिरासतमा रहेका आफन्तलाई भेटन नदिएको गुनासो

सुर्खेत, ८ मंसिर ।
चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका गफार मिया, रहिम मिया र साबीर मियालाई प्रहरीले भेटघाट गर्न नदिएको उनीहरुका आफन्तले बताएका छन । अमर दिप अटो मोबाईल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते प्रहरी कार्यालय सुर्खेतमा उनीहरु विरुद्ध मुद्धा दर्ता गरेका थिए । हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलाई गत कार्तिक २० पक्राउ गरेको थियो ।


प्रहरी हिरासतमा रहेकाहरुले भने कवाड समान आफहुरुले अन्य व्यक्तीबाट खरिद गरेको दावी गरेका छन । प्रहरी कार्यालयको आग्रहमा सुर्खेत उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको जानकारी दिएपनि प्रहरीले सरकारी वकिलको कार्यालयमा नपठाएको उनीहरुले बताए ।
उनीहरुले ट्याक्टरको पुरानको ईन्जिन पुनःप्रयोगमा नआउने भन्दै उधोग बाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते पठाएपनि प्रहरीले यसलाई हटाएर १ लाख २२ हजार बराबरको विगो सहितको व्यहोरा मंसिर ४ गते सरकारी वकिलको कार्यालयमा पेश गरेको बताएको छ ।


वकिल कार्यालयले ईन्जिन फेरि प्रयोगमा आउने हो या होईन समान के कस्तो अबस्थमा छ कति मुल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जबाफ प्रहरीले अहिलेसम्म पनि नदिएको आफन्तले गुनासो गरेका छन ।
यता सुर्खेत उधोग बाणिज्य संघले भने १४४ नम्बरको चलानी नम्बर भएको पत्र मंसिर २ गते नै पठाई सकेको बताएको छ । प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय बिचको दुरी पाँच मिनेटको अन्तरमा छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रकियामै रहेकोले केही दिनमै पत्र पठाउने दावी गरेको छ । प्रहरीले हिरासतमा रहेका आन्तहरुलाई सहजै रुपमा भेट्न दिने गरेको उल्लेख गदै शंकाका लागेको अबस्थमा सामान्य चेक जाँच गर्ने गरेको बताएको छ ।

प्रकाशित मितिः ८ मंसिर २०७५, शनिबार २१:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *