संर्घषपछि चुमेको सफलता

दिल्लीका नेपाली सेवी

युवा समाजसेवी बिरु रावल

भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेपाली युवा विरु रावलसँग हरेर दिन कुनै न कुनै नेपाली केही न केही समस्या लिएर आउँछन् । समस्या लिएर आउनेलाई उनले त्यतिकै फर्काउदैनन् सक्दो सहयोग गर्छन् । सहयोगी भावना भएरै होला, उनले भने, दुखमा परेका नेपालीले सम्झिने गर्छन् । खुला हृदय र उदार मनका धनी रावलको जीवन भने संर्घषले भरिएको छ । सायद त्यही भएर पनि होला अरुको दुख र समस्यालाई उनले आफ्नै जस्तो ठान्छन् । धेरै पढेर ज्ञान आर्जन गरेर हैन, उनी भन्छन्, आफैले भोगेको अनुभवले मलाई धेरै कुरा सिकाएको छ ।

समाज सेवाको यात्रा
उनी प्रवासी नेपाली समाजमा आवद्ध छन् । जसवाट उनले सामाजिक काम गर्ने प्रेरणा र प्लेट फर्म पाए । सामाजिक काममा हात हालेको छोटो समयमै उनले हजारै नेपालीको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाए । दिल्लीमा अलपत्र परेका नेपालीको उद्धार गर्ने, घरपरिवारसँग भेटघाट गराउने, घर फर्काउने, समस्यामा परेका महिला दिदीबहिनीलाई भारतीय प्रहरीको साथ लिएर नेपाल फर्काउने जस्ता काम उनले गदै आएका छन् ।

आशादायी व्यक्तित्व
उपचारको दिल्ली पुग्ने विपन्न विरामीको उपचारको लागि आर्थिक संकलन गर्ने र विरामीको समस्यालाई डाक्टरसँग राखेर निशुल्क उपचारको पनि व्यवस्था मिलाउने गरेका छन् । उनले अस्पतालका डाक्टर, प्रहरी र दिल्लीका नेताहरुसँग पनि राम्रो सम्वन्ध बनाएका छन् । उनीहरुकै सहयोग लिएर समस्यामा परेका नेपालीलाई उनले साथ दिदै आएका छन् । चिनेका, नचिनेका जो कोहीलाई पनि सहयोग गर्छु उनले भने, इमानदार भएर काम गरे सवैबाट साथ पनि पाइने रहेछ । चिनेका सवैले उनलाई आशा र भरोसाको रुपमा हेर्ने गर्छन् । उपचारको लागि दिल्ली जाने सवै जाजरकोटका सवैले उनकै सहयोग लिदै आएका छन् । सहयोग लिन आउनेलाई उनले पनि दिल खोलेर सहयोग गर्छन् ।
उनी दिल्लीस्थीत एक प्रतिष्ठीत कम्पनीका म्यानेजर हुन । उनले त्यहाँ कार्यरत करिव दुई हजार जना कामदारलाई लिड गदै आएका छन् । उनी कार्यरत यो कम्पनीमा करिव एक हजार नेपाली छन् । यो कम्पनीले फष्टफुड बनाएर विदेश निर्यात गदै आएको छ ।

संर्घषपूर्ण बाल्यकाल
अन्यन्त्रै मिलनसार व्यक्तित्वका धनी उनले बाल्यकाल देखि नै कठिन संर्घषको यात्रा सुरु गरेका थिए । १९ वर्षको हुँदा आमा गुमाए । आमा वितेपछि बर्दियाबाट उनी बुटवलमा रहेका माइला वुवा भीमबहादुर रावलसँग बसे । वुटवलमै घरजाम गरे । माइलो वुवाबाट उनले धेरै माया र ममता पाएको बताए । माइलो वुवाको निधनपछि उनी भारतको गुजरात गएर भिनाजु झंकर विष्टसँग केही समय बसे ।

चालकदेखि म्यानेजरसम्म
गाडी चालक हुँदा दुर्घटना परेका उनले गुजरातमै भिनाजुको सहयोगमा उपचार समेत गरेका थिए । उपचारपछि बुटवल फर्केका उनी बैदेशिक रोजगारको लागि साउदी अरविया जान दिल्ली पुगेका थिए । हप्ता दिन दिल्लीको बसाईको क्रममा उनले एउटा पत्रिकामा छापिएको विज्ञापन देखे । त्यसमा नजीर फुड्र्स कम्पनीको लागि सवारी चालक मागिएको थियो । त्यही विज्ञापनमार्फत उनी उक्त कम्पनीमा जोडिन पुगे । चालकबाट उक्त कम्पनीमा जोडिएका उनी अहिले म्यानेजर पदमा कार्यतर छन् । दिल्लीमा उनीसँगै श्रीमति र छोरा बस्छन् ।

फर्किए सुखका दिन
उनी जाजरकोटको नलगाड नगरपालिका -४, लहँमा जन्मे हुन । ९ वर्षका हुँदा आमासँग बर्दियाको दौलतपुर झरेका उनले प्रारम्भिक शिक्षा गाउँकै भानुभक्त माध्यामिक विद्यालयबाट हासिल गरेका थिए । भने उच्च शिक्षा चाही राजपुरबाट पुरा गरे । बालकाल संर्घषपूर्ण रुपमा वितेपनि अहिले खासै दुखको अनूभूति गर्नु परेको छैन् । एक दिन सवैले संसार छाडेर जानैपर्छ त्यसैले बाँचुन्जेल सवैले सधैभरी सम्झिरहने काम गर्नुपर्छ उनी भन्छन् । (पत्रकार प्रकाश पन्तसँगको कुराकानीमा आधारित) 

प्रकाशित मितिः २५ बैशाख २०७६, बुधबार २२:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *