सचेत युवा समुहको अध्यक्षमा भरत गौतम

सुर्खेत, २८ असार ।
सुर्खेतमा सचेत युवा समुह गठन गरिएको छ । युवा तथा विद्यार्थीको हकहितको क्षेत्रमा काम गर्ने उदेश्यसहित समुह गठन गरिएको हो ।
भरत गौतम अध्यक्ष रहेको समुहको वरिष्ठ उपाध्यक्षमा कविराज बुढा, उपाध्यक्षमा उमेश शाही र दिनेश खड्का रहेका छन् ।

यस्तै महासचिवमा जनक धमला सहसचिवमा आस्तिक चपाई र कोषाध्यक्षमा गणेश तिमिल्सेना रहेको बताएको छ । समुहको सदस्यमा मनिष चन्द, चन्द्र शाही, मान बहादुर सिँजापति, पवित्र केसी, नविन हमाल, दान बहादुर विक, मेघराज बुढा र अनिल शाही रहेका छन । समुहका अरु केही पदहरु मनोनित गरिने अध्यक्ष गौतमले बताए ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार २१:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *