सुर्खेत, ९ असोज ।
सल्यान जिल्लामा यातायात सेवा संचालनमा आएका २१ वटा विभिन्न सडक खण्डहरुलाई अस्थाई रुट परमिटको सिफारीस दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी एवम यातायात व्यवस्थापन समिति सल्यानका अध्यक्ष दुर्गादत्त पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा २१ वटा सडकहरुलाई अस्थायी बाटो सिफारिस गरी अस्थायी रुट परमिटका लागी यातायात व्यवस्थापन कार्यालय राप्तीलाई सिफारिस गरेको छ ।
बैठकले सडकखण्डमा संचालन हुने गाडीको भाडासमेत निर्धारण गरेको प्र।जि।अ। पौडेलले बताउनु भएको छ ।
जसअनुसार पक्की सडकखण्डमा प्रति किलोमिटर ३ रुपैया ५० पैसा र कच्ची सडकमा ७ रुपैया ५० पैसा कायम गरेको छ ।