जेष्ठ आमालाई युवा क्रिकेटरको पछयौरी

20160616_083910
जेष्ठ आमालाइ पछयौरी वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ।

बद्री पन्त
जाजरकोट ३, असार ।
क्रिकेट खेल संगै समाज सेवा र रचनात्मक कार्यमा सक्रिय रहेका जाजरकोटका युवाहरुले विहिवार जेष्ठ आमाहरुलाइ पछयौरी वाँडेका छन् । जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुले वर्षात संगै चिसो हुन लागेको भन्दै ६० वर्ष पुरा भएका विपन्न परिवारका जेष्ठ आमाहरुलाई पछयौरी वितरण गरेका हुन् ।
काठमाडौंमा वस्ने जाजरकोट माइती भएकी एकता कार्कीको सहयोग जुटाएर आफुहरुले जिल्लाका विभिन्न गाउँका ४० जना जेष्ठ आमाहरुलाई पछयारी वाँडेको जाजरकोट युवा क्रिकेट क्लवका अध्यक्ष अनिषकुमार कार्कीले वताए ।उनले युवाहरुलाइ असामजिक तथा अन्य गलत वाटोमा लाग्न नदिन सामाजिक क्रियाकलापहरुमा सक्रिय वनाउन आफुहरुले यस्तो गतिविधि चलाएको वताए ।
ठाँटीवजार स्थित वृद्धाश्रमको हलमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले युवा क्रिकेट खेलाडीहरुले जुटाएका पछयौरीहरु जेष्ठ महिलाहरुलाइ वितरण गरेका थिए । यस अघि क्लवमा आवद्ध युवाहरुले नै जाजरकोट अस्पताल मार्फत सुत्केरी आमा र नवजात शिषुहरुको लागि न्यानो झोलाहरु वितरण गरेका थिए भने स्कुले विद्यार्थीहरुलाइ खेलकुद सामाग्रीहरु वाँडेका थिए ।
१५ वर्ष वरीपरी र २० वर्ष नाघेका अधिकांश युवाहरु विभिन्न कुलत र विनाकाम गाउँ घरमा डुल्ने गरेको चर्चा जताततै चलिरहेका वेला जाजरकोटका तन्नेरीहरु भने एक पछि अर्काे गर्दै सामाजिक सेवाको कार्यमा सक्रिय देखिनु निकै खुसीको कुरा भएको जेष्ठ नागरिक समाज जाजरकोटका अध्यक्ष चक्रवहादुर चन्दले वताए । उनले अहिलेको युवा पुस्ता अराजक मात्र छ भन्ने कुरालाइ जाजरकोटी युवाहरुको यो सामाजिक कार्यले झुटो वनाइदिएको वताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जाजरकोटी युवाहरुको यस्तो सामाजिक कार्यले समाज र जिल्लालाइ ठुलो फाइदा पुग्ने वताए । उनले खाली र विना काममा वरालिएर हिड्ने युवाहरुलाइ सकरात्मक सोचको सामाजिक कार्यमा लगाएर क्लवले ठुलो काम गरेको वताए । अहिले जाजरकोट क्रिकेट क्लव माफर्तत दुइ दर्जन युवाहरु खेल र सामाजिक कार्यमा सक्रिय रहेको क्लवका अध्यक्ष कार्कीले वताए ।

प्रकाशित मितिः ३ असार २०७३, शुक्रबार ०१:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *