सुर्खेत, ३ साउन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले प्रथम प्रधानमन्त्रीकप अन्तर्गत भलिवल र टेबलटेनिस खेलमा विजयी खेलाडीलाई सम्मान गरेको छ ।
विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत भलिवल र टेबलटेनिसमा विजयी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
भलिबल प्रतियोगतामा प्रथम हुनेलाई जनही ११ हजार ५ सय ५५ र टेबलटेनिस प्रतियोगीता युगल (पुरुष) तर्फ तृतिय स्थान हासिल गर्ने विद्यार्थी खेलाडीलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयले खेलकुद कार्यक्रम आयोजना र नियमित अभ्यास गर्न केन्द्रीय कार्यालय परिसरमा भलिवल खेल मैदान, टेबलटेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट र वास्केटबलको कोर्ट निर्माण गर्न बजेट बिनियोजन गरिने प्रतिबद्धता समेत गर्नुभयो ।