युवा संघद्वारा कराँते खेलाडी डम्मर शाही सम्मानित

सुर्खेत, ५ भदौ ।
नेकपा एमाले निकट युवा संघ सुर्खेतले मलेसियाको राजधानी कोलालम्पुरमा भएको पाचौं एसियाली गोजुरियो कराँते खेलमा तेस्रो स्थान ल्याउन सफल डम्मर शाहीलाई सम्मान गरेको छ
सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी युवा संघले शाहीलाई सम्मान गरेको हो ।
14012333_1773236416295144_338391215_oसंघका जिल्ला अध्यक्ष खिमलाल देवकोटाले ७२ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा शाही तेस्रो भएर प्रदेश नम्बर ६ को मात्र नभई देशकै इज्जत राख्न सफल भएकोले उहाँलाई सम्मान गरिएको वताउनु भयो ।
उहाँले राज्यबाटै अपेक्षा गरे अनुसारको संरक्षण नपाउँदा अभाव र प्रभावका बिच खेलाडीहरुले देशलाई चिनाउने काम गर्दै आएकोले खेलाडीको मनोवल वढाउनु पर्नेमा जोड दिनुभयो ।
सम्मान कार्यक्रममा क्षेत्रीय गोजुरियो कराँतेका अध्यक्ष रविन्द्र लम्सालले खेलाडीलाई राज्यले संरक्षण नदिएकाले समग्र खेल क्षेत्रको विकास हुन नसकेको दावी गर्नुभयो ।
सम्मानित खेलाडी शाहीले राज्यले पनि खेलाडीको मनोबल बृद्धि गर्न सक्ने वातावरण सृजना गर्न तर्फ ध्यान दिए खेलाडीले कुनै पनि ठाउँमा गएर जित सुनिश्चित गर्न सक्ने दावी गर्नुभयो ।

प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १२:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *