लागु औषध दुव्र्यसनी विरुद्ध क्रिकेट

सुर्खेत, १५ असोज ।
सुर्खेतको बीरेन्द्रनगरमा मध्यपश्चिम क्रिकेट प्रिमियर लिग प्रतियोगीता शनिवारबाट प्रतियोगीता सुरु भएको छ ।
20161001_155820लागु औषध विरुद्ध जनचेतना फैलाउने उदेश्यले शीबबिहार पुस्तकालय लाटिकोइलीले प्रतियोगीताको आयोजना गरेको जनाएको छ ।
‘लागु औषध दुव्र्यसनी विरुद्ध हम्रो अभियान, समाज रुपान्तरणमा युवाको योगदान’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगीतामा ८ वटा समुहको सहभागीता रहको पुस्तकालयका कोषाध्यष सुरेश मानन्धरले बताउनु भयो ।
20161001_155845प्रतियोगीताको बिजेता समुहलाई ट्रफी सहित ८ हजार नगद र उपबिजेता समुहलाई ट्रफीसहित ४ हजार नगद पुरस्कार दिने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगीताको उदघाटन गदै सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले लागु औषध नियन्त्रणमा युवाहरुको महत्वपूर्ण भुमिका हुने भएकोले युवाहरु नै लागु औषध नियन्त्रणको लागि सक्रिय हुनु पर्नेमा जोड दिनुभयो ।
20161001_160304लागु औषधको विषयमा प्रकाश पादै सास नेपालका पूर्व अध्यक्ष कुमार ढकालले लागु औषध नियन्त्रणको लागि सवैको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
20161001_155931कार्यक्रममा समाजसेवी डम्बर विक्रम जिसी, भुषणकुमार मानन्धर लगायतले खेलको माध्यमबाट लागु औषध विरुद्ध जनचेतना फैलाउन सकिने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार ११:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *