धर्मश्री उपाधीको लागि सुर्खेतका खेलाडी पहिलो पटकमै फाइनलमा

14542846_1258575504161315_2051820460_nसुर्खेत, १६ असोज ।
काठमाडौमा संचालन भएको चौधौ धर्मश्री उपाधी प्रतियोगीतामा सुर्खेतका २ जना प्रतियोगी पहिलो पटकमै फाइनल पुग्न सफल भएका छन ।
शारीरिक सुगठनको सवैभन्दा ठुलो मानिने यो प्रतियोगीताको ६० केजी तौल समुहमा भाग लिएका नविन योगी र ७५ केजी तौल समुहमा भाग लिएका लबिन गाहा फाइनलमा पुग्न सफल हुनु भएको छ ।
मिड वस्टन फिटनेस सेन्टरको तर्फबाट प्रतियोगीतामा सहभागी योगी र गाहाले आ आफनो तौल समुहमा पहिलो सहभागीतामै फाइनल चरणसम्म पुग्न सफल भएको फिटनेस सेन्टरका संचालक प्रमोद हमालले बताउनु भयो ।
उहाँले मिड वस्टन फिटनेस सेन्टर संचालनमा आएपछि सुर्खेतका खेलाडीले 14527579_1258575484161317_419690462_nपहिलो पटक धर्मश्री प्रतियोगीतामा सहभागीता जनाएको उल्लेख गर्नुभयो ।
संचालक हमालले मध्यपश्चिम क्षेत्रवाट यसपटक १६ जना प्रतियोगीले प्रतियोगीतामा भाग लिएको समेत जानकारी दिनुभयो ।
चौधौ धर्मश्री प्रतियोगीता यही असोज १३, १४ र १५ गते भएको थियो ।

प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १२:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *