राष्ट्रिय उपाध्यक्षमा हरि विष्ट निर्वाचित

सुर्खेत, १५ फागुन ।
राष्ट्रिय किक बक्सिङ संघ नेपालको राष्ट्रिय उपाध्यक्षमा हरि विष्ट निर्वाचित हुनु भएको छ ।
४ वर्षदेखि संघको केन्द्रीय सदस्यको रुपमा काम गदै आउनु भएका उहाँ शनिवार राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
काठमाडौमा सम्पन्न संघको महाधिवेसनले लोकेन्द्र कार्कीलाई अध्यक्ष र दिपक श्रेष्ठलाई महासचिवमा चयन गरेको छ ।
बिष्ट गीत संगित र राजनीति क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनु हुन्छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल सुर्खेतका अध्यक्ष विष्टले थुप्रै गीतहरुको रचना गर्नु भएको छ ।
विष्टका ‘कलेजीमा पानी सलल र माइतीको देशमै’ नामक गीत निकै चर्चित छन । यी दुवै गीतले आर्वड पनि पाएका छन ।
उपाध्यक्षमा निर्वाचित विष्टले खेलाडीको विकास र संघको उन्नतिको सक्दो प्रयाय गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
उहाँले आफुलाई उपाध्यक्षमा निर्वाचित गर्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधीहरुप्रति आभार प्रकट गर्नु भएको छ ।

प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार ००:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *