खेलाडी छनौट

सुर्खेत, ५ फागुन ।
आगामी वर्ष सन् २०१९ मा हुने विभिन्न उमेर समूहका अन्तर्राष्टिय फुटबल प्रतियोगिताहरुका लागि सुर्खेतमा खेलाडी छनौट हुने भएको छ । एशियाली फुटबल महासंघ (एएफसी र दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने १५ र १६ वर्षमुनीका महिला,पुरुष दुबै टिमका लागि सुर्खेतमापनि खेलाडी छनौट हुने भएको हो ।
उक्त अन्तर्राष्टिय प्रतियोगिताहरुमा सहभागी हुने राष्टिय फुटबल टिमका लागि सुर्खेतबाट खेलाडी छनौट गर्न लागिएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कार्कीले जानकारी दिए ।
फागुन ७ र ८ गते विहान साढे ७ बजेदेखि स्थानीय रंगशालामा १५ र १६ वर्षमुनी उमेर समूहका महिला पुरुष दुबैको छनौट प्रक्रिया शुरु हुने उनले बताए ।
१५ वर्षको उमेर समूहको छनौट चरणमा सहभागी हुन चाहने खेलाडी २०६२ पुष १७ गतेपछि र २०६३ पुस १६ अघि जन्मिएको जन्मदर्ताको प्रमाणसहित उपस्थित हुनपर्ने बताइएके छ ।
१५ वर्षमुनीको साफ च्याम्पियनसिप आउँदो वर्ष साउन १९ देखि १८सम्म र १६ वर्षमुनीको प्रतियोगिता भदौ २८ देखि असोज ५ गतेसम्म हुँदैछ ।
यसैगरी महिलातर्फ १५ वर्षमुनीको प्रतियोगिता असोज २२ देखि कार्तिक गतेसम्म हुने बताइएको छ ।

प्रकाशित मितिः ६ फाल्गुन २०७५, सोमबार ०१:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *