एसओएस हर्मन माइनर प्रथम

सुर्खेत, १४ जेठ ।
प्रथम नगरस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधी एसओएस हर्मन माइनर माध्यामिक विद्यालय प्रथम भएको छ ।
यही जेठ ११ देखि १३ गतेसम्म बीरेन्द्रनगरमा भएको बीरेन्द्रनगर नगरस्तरीय खेलकुद प्रतियोगीतामा हर्मन माइनरले उपाधी जितेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बीरेन्द्रनगर नगरपालिकाले आयोजनामा भएको प्रयोगीतामा १४ वटा विद्यालयले भाग लिएको हर्मन माइनरका सह प्राचार्य हरिहर बस्नेले बताए ।


पश्चिम सुर्खेतको मबिजौरामा हुने यस वर्षको राष्ट्रिपति कप रनिङ्ग शिल्ड प्रतियोगीताका लागि नगरस्तरीय छनौट चरणका खेलहरु भएका हुन । विद्यालयले ११ स्वर्ण, ७ रजत र ३ काश्य जितेको विद्यालयका खेलकुद शिक्षक गंगाराम आचार्यले बताए ।

एसओएस वालग्रामका निर्देशक मुकुन्द्रकुमार गिरीले प्रतियोगीतामा उत्कृष्ट खेल प्रर्दशन गदै विद्यालयलाई प्रथम बनाउन सफल खेलाडी विद्यार्थीप्रति आभार व्यक्त गरेका छन् ।
विद्यालयले जिते खेलहरु
प्रथम
छात्रा १०० मिटरदौडमा सेस्ना श्रीपाली
छात्रा २०० मिटरदौडमा पुजा गाहा
छात्रा ४०० र ८०० मिटरदौडमा सुवेक्षा खड्का
छात्रा ट्रिपलजरम्पमा पुजा गाहा
छात्रा हाइजम्पमा गंगा गिरी
छात्रा सटफूटमा लक्ष्मी पुरी
छात्र ट्रिपलजरम्पमा किरण चौधरी
४ इन्टु १०० मिटर दौडमा छात्रा समुह
४ इन्टु ४०० मिटरदौडमा छात्रा समुह
४ इन्टु १०० मिटरदौडमा छात्र समुह
दितीय
छात्रा हाइजम्पमा पुजा गाहा
छात्र ट्रिपलजम्पमा याम विसी
छात्र लम्जम्पमा विष्णु ओली
४०० मिटरदौडमा गणेश सुनार
४ इन्टु ४०० रिलेदौडमा छात्र टिम
छात्र कपर्दीमा टिम
छात्रा कपर्दीमा टिम दितीय
तृतीय
छात्र ज्याभलिन थ्रोमा किरण चौधरी
छात्र ८०० मिटर दौडमा गणेश सुनार
छात्र हाइजम्प विष्णु ओली

प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार ०७:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *