दौडमा एसओएसकी शेस्ना नेपाल प्रथम

सुर्खेत, १४ जेठ ।
एसओएस हर्मन माइनर स्कुल सुर्खेतकी विद्यार्थी शेस्ना श्रीपाली उपराष्ट्रपति कपमा प्रतियोगीताको २ सय मिटर दौडमा पनि नेपाल प्रथम भएकी छन् । यस अघि उनी सय मिटर दौडमा नेपाल प्रथम भएकी थिइन् । मंगलवार विहान काठमाडौमा भएको २ सय मिटर दौड प्रतियोगीतामा उनी नेपाल प्रथम भएकी विद्यालयले जनाएको छ ।


काठमाडौमा चलिरहेको प्रतियोगीतामा श्रीपाली २ सय र सय मिटर दौडमा नेपाल प्रथम भएकी विद्यालयका खेल शिक्षक गंगाराम आचार्यले बताए ।


प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गदै सय र दुई सय मिटर दौडमा नेपाल प्रथम भएर विद्यालयको प्रतिष्ठा बढाएको भन्दै एसओएसका निर्देशक मुकुन्दकुमार गिरी र सह प्राचार्य हरिहर बस्नेतले शेस्नाप्रति आभार व्यक्त गदै  गर्वको अनुभूति गरेको बताए ।

प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार ०९:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *