व्याडमिन्टन उपाधी भडेललाई

बद्री पन्त
जाजरकोट १२, असोज
चेम्वर अफ कमर्स जाजरकोटले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधी खेलाडि राजु भडेल र प्रणाम भडेलले हात पारेका छन् । खलंगामा दुई दिनसम्म चलेको प्रतियोगितामा १७ वटा टीमलाई पछि पार्दै राजु भडेल र प्रणाम भडेलको जोडीले जित हात पारेको हो । प्रथम हुने राजु र प्रणामको जोडीलाई १० हजार ५ रुपैया नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । द्धितीय हुने निराजन शाही र विश्व विक्रम शाहको जोडीलाइ ८ हजार ५ रुपैया नगद पुरस्कार, प्रमाणपत्र र मेडल तथा तृतीय स्थान हासिल गर्ने श्यामवहादुर खत्री र मनिष गुरुङ्ग र नारायण भडेल र साजन शाक्यको दुइ जोडीलाई तीन तीन हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको चेम्वर अफ कमर्स जाजरकोट अध्यक्ष विश्वविक्रम शाहले बताउनु भयो ।


प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा खेल क्षेत्रको विकासका लागि स्थानीय युवाहरुको प्रयास र युवा खेलाडीहरुले गरेको प्रयासलाई सवैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना चेम्वर अफ कमर्स जाजरकोटले गरेको थियो भने निर्माण व्यावसायी संघ जाजरकोटको मुख्य प्रायोजन र डाँफे युवा क्लव जाजरकोटको सह–आयोजक रहेका थियो । सदरमुकाम खलंगामा सन्चालित खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगितामा १८ वटा समुहले भाग लिएका थिए ।

प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार १५:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *