सुर्खेत उपत्यकाभित्र वोरिङ्ग संचालनमा रोक

रारा संवाददाता
सुर्खेत, ७ जेठ ।
जिल्ला जलश्रोत समिति सुर्खेतले सुर्खेत उपत्यका भित्र तत्काल वोरिङ्ग गरेर पानी निकाल्न रोक लगाएको छ ।
जथाभावि रुपमा वोरिङ्ग गरेर पानी निकाल्नाले उपत्यकका विभिन्न ठाउँमा खानेपानीको समस्या भएकोले वोरिङ्ग गरेर पानी निकाल्न तत्कालको लागि रोक लगाएको समितिले जनाएको छ । समितिले संचालन भैइरहेका पुराना वोरिङ्गहरु समेत तत्कालका लागि प्रयोगमा रोक लगाएको स्थानीय विकास अधिकारी तथा समितिका सदस्य सचिव हिरालाल रेग्मीले वताउनु भयो ।उहाँले जलश्रोत समितिको अनुमति विना व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि जथाभावि रुपमा वोरिङ्ग गरेकोले कुवाहरु सुकेर खानेपानीको समस्या भएको सर्वसाधारणको गुनासोपछि रोक लगाउनु परेको जानकारी दिनुभयो ।
राजनीतिक दल, नागरिक समाज लगायत सवै सरोकारवालसगँ समुन्वय गरी उचित निर्णय नलिदासम्म नयाँ वोरिङ्ग नगर्न र पुराना वोरिङ्ग पनि प्रयोगमा नल्याउन समितिले सार्वजनिक अपिल समेत गरेको छ । सार्वजनिक अपिल विपरीत नयाँ वोरिङ्ग गरेर पानी निकाल्ले र पुराना वोरिङ्ग प्रयोग ल्याएको पाइए कडा कारवाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।
imagesपछिल्लो समय सुर्खेत उपत्यकाका विभिन्न स्थानमा विभिन्न व्यक्ति, संघसंस्थाहरुले जथाभावि रुपमा वोरिङ्ग गरेर पानी निकालेकाले पानीको सतह घटेर धेरै कुवाहरु सुकेको सर्वसाधारणले गुनासो गरेका छन । उनीहरुले वोरिङ्गले गर्दा कुवाहरु सुकेकाले खानेपानीको निकै समस्या भएको समेत वताएका छन । अहिलेसम्म सुर्खेत उपत्यकामा व्यक्तिगत र सार्वजनिक गरी करिव ३० वटा वोरिङ्गहरु संचालनमा रहेको वताएको छ । संचालन रहेका कुनै वोरिङ्गहरुले जलश्रोत समितिको अनुमिति नलिएको वताएको छ । एउटा वोरिङ्गले १ किलोमिटर वरीपरीसम्म असर गर्ने भएकोले त्यस क्षेत्रभित्र पर्ने सवै कुवाहरु सुक्ने गरेका छन ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१८ का वासिन्दाले जथाभावि रुपमा भैइरहेको वोरिङ्गलाई तत्काल रोक्न लगाउन माग गदै जिल्ला प्रशासन र जिल्ला विकास समिति ज्ञापन पत्र वुझाएका छन ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र वुझाउदै उनीहरुले वोरिङ्गका कारण खानेपानीका कुवाहरु सुक्न थालेकोले तत्काल रोक लगाउन माग गरेका हुन । उनीहरुले पतेनी सडकमा पर्ने साउथ एसियन वोडिङ्ग स्कुलले वोरिङ्ग गरेर पानी निकाल्न थालिकोले तत्काल रोक लगाउनु पर्ने समेत उल्लेख गरेका छन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले वोरिङ्ग गरेर पानी निकाल्न नभईने भन्दै सुर्खेत उपत्याकाको लागि छिट्टै जिलस्रोत समितिले उचित नीति वनाएर अघि वढने वताउनु भयो ।

प्रकाशित मितिः ७ जेष्ठ २०७३, शुक्रबार १२:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *