राराखवर संवाददाता
सुर्खेत, ११ जेठ ।
गृहमंत्री शाक्तिवहादुर वस्नेतले लामो समयदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढीपहिरो विस्थापितहरुले भुकम्प पीडितसरह राहत पाउने बताउनु भएको छ ।
पश्चिम सुर्खेतको वावियाचौरमा इलाका प्रशासन कार्यालयको उदघाटन गदै उहाँले बाढीपहिरो पीडितप्रति सरकार गम्भीर भएर लागेको उल्लेख गर्नुभयो । उहाँले यही जेठ १५ गते सार्वजनिक हुने बजेटमा सुर्खेतका बाढीपहिरो पीडितका लागि विशेष प्याकेज ल्याउन लागेको दावी गनुृभयो । छैटौं प्रदेशको राजधानी सुर्खेत नै उत्तम स्थान भएको उल्लेख गदै उहाँले सुर्खेतलाई प्रान्तीय राजधानी बनाउने विषयमा कुनै विवाद नहुने तर्क गर्नुभयो । कार्यक्रममा गृहमंत्री वस्नेतले पश्चिम सुर्खेतमा रहेका ८ वटा प्रहरी चौकीलाई सुविधा सम्पन्न वनाउन, १५ शैयाको अस्पताल निर्माण गर्न, ईलाका प्रशासनसंगै, मालपोत, नापी कार्यालयहरु विस्तार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गनुृभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सुर्खेत क्षेत्र न २ का सासद हृदयराम थानीले पश्चिम सुर्खेतको विकासको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्राकृतिक स्रोत साधानले सम्पन्न भएपनि विकासमा पश्चिम सुर्खेत पछि परेको उल्लेख गदै उहाँले यसको विकासको लागि आफनो तर्फवाट सक्दो प्रयाग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमा सासद तप्तवहादुर विष्ट, खड्कवहादुर वस्याय लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीले आफनो भनाई राख्नु भएको छ । कार्यक्रम सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको सभापतित्वमा भएको हो ।
वावियाचौरमा आजवाट सुरु भएको इलाका प्रशासन कार्यालय नागरिकता लगायतका सरकारी सेवा सुविधा सर्वसाधारणलाई प्रदान गर्ने वताएको छ ।इकाला प्रशासन कार्यालयका प्रमुख युवराज न्यौपानेले कार्यालयले नागरिकताका साथै नामथर प्रमाणित गर्ने, बजार अनुगमन गर्ने, ठाडो उजुरी हेर्ने लगायतका कामहरु गर्ने बताउनु भयो ।