विप्लव माओवादीको वन्द आव्हान

imagesराराखवर संवाददाता
सुर्खेत, १८ जेठ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले यही जेठ २१ गते दैलेख सहित कर्णालीका ४ जिल्ला वन्द आव्हान गरेको छ ।
सरकारले विभिन्न मुद्धा लगाएर आफना नेता कार्यकर्तालाई दुख दिएको आरोप लगाउदै वन्द आव्हान गरेको माओवादीले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी माओवादीका कर्णाली व्यूरो इन्चार्ज एटम विसीले दैलेख, जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्ला वन्दको आव्हान गरेको जनाउनु भयो ।उहाँले आफनो पार्टीका जुम्ला जिल्ला जनसरकार प्रमुख रामप्रसाद शर्मालाई जेलमा राखिएको विरोध स्वरुप वन्द गर्न वाध्य भएको दावी गर्नुभयो ।
यसैवीच नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले विना कारण सरकारले आफना नेताकार्यकतालाई प्रक्राउ गरेर जेल हालेको भन्दै विरुद्ध स्वरुप यही जेट २७ गते नेपाल वन्द गरेको आयोजना गरेको वताउनु भएको छ ।

प्रकाशित मितिः १८ जेष्ठ २०७३, मंगलवार १२:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *