आजदेखि लोडसेडिङ घट्यो

imagesजेठ २१ सुर्खेत-नेपाल विद्युत प्राधिकरणले सुर्खेतले आजदेखि लागुहुने गरि सुर्खेत सहित आसपासको क्षेत्रमा  लोडसेडिङको समय घटाएको छ।यसअघि हप्तामा ७७ घण्टा हुदै आएको लोडसेडिङ अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो। प्राधिकरणका अनुसार अब आइतवार विहान ४ देखी ८ साझँ १ देखी ६ बजे सम्म लोडसेडिङ हुने जनाएको छ।सोमवार विहान ४ देखी ९ दिउसो २ देखी ७ मंगलवार विहान ६ देखी १ साँझ ५ देखी ९ बुधवार विहान ११ देखी ५ साझँ ८ देखी ११ वजे सम्म बत्ति आउने छैन।यस्तै विहिवार विहान ९ देखी ४ साझ ७ देखी १०,३० शुक्रवार विहान ५ देखी ११ साझँ ४ देखी ८ बजे लोडसेडिङ हुने छ भने शनिवार विहान ७ देखी २ साझँ ६ बजेदेखी ९,३० सम्म बत्ति नआउने जनाएको छ।एक दिन ९ घण्टा, चार दिन १० घण्टा, र दुई दिन साढे १० घण्टा बिजुली आउने छैन। बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ।नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः २१ जेष्ठ २०७३, शुक्रबार ०७:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *