सुर्खेत, २१ जेठ ।
आउदो असार मसान्तभित्र धाराहरुमा पानी खसाल्ने उदेश्यसहित खरीखोला र वोरीखोला खानेपानी आयोजना निर्माणको काम तिव्र गतिमा अघि वढाइएको छ ।
आयोजनाको इन्टेक निर्माण स्थल ।
१७ करोड १९ लाख रुपैयाका लागतमा निर्माण हुन थालेको खरीखोला र वोरीखोला खानेपानी आयोजना असार अन्तिमसम्म संचालनमा आउने झुप्रा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । क्षमता अभिबृद्धि सुधार विस्तार परियोजना अन्तर्गत निर्माण भइरहेको आयोजनाको अहिले मुहानमा इन्टेक निर्माण भैइरहेको संस्थाले जानकारी दिएको छ ।
इन्टेक निर्माणसगसगै पाइप चिच्छयाउने काम पनि थालिएकोले निर्धारित समयमै आयोजना संचालनमा आउने संस्थाका अध्यक्ष कुलमणी देवकोटाले दावी गनुभयो । उहाँले नेपाल सरकारको १२ करोड ३२ लाख ८३ हजार अर्थात ७० प्रतिशत अनुदान र उपभोक्ताको ५ करोड १५ लाख ७० हजार अर्थात ३० प्रतिशत लगानीमा आयोजना निर्माण भैइरहेको जानकारी दिनुभयो ।
निर्माण भैइरहेको इन्टेक ।
खरीखोला र वोरी खोलाको पानी थापिएपछि सुर्खेत उपत्यकाका ३४ हजार ९ सय ९३ घरधुरीका करिव २ लाख जनसंख्यालाई खानेपानी सहज हुने देवकोटाले वताउनु भयो । प्रतिसेकेन्ड ३५ लिटर पानी थप भएपछि खरीखोला र वोरी खोला आयोजनाले सन २०२२ सम्म उपत्यकामा पानीको समस्या हुन नदिने वताइएको छ ।
स्थालगत अनुगमनको आयोजनाको वारेमा जानकारी दिदै झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संसथाका अध्यक्ष कुलमणी देवकोटा ।
पानी थापिएपछि स्कीम न २ मा १ सय ५०, ३ मा ३ सय, ७ मा ३ सय र १० मा १ सय ५० घनमिटरका ४ वटा पानी टंकी बताएर सर्वसाधारणलाई खानेपानी वितरण गरिने उल्लेख छ । मुहानवाट करिव १० किलोमिटर पाइप लाइन विच्याएर खारीखोला र वोरीखोलाको पानी करेखोलाको देवीस्थानमा रहेको पानी प्रशोधन केन्द्रमा ल्याएरस झारिने छ । खडेरीको २ महिनासम्म ३ सय ५० वटा धाराहरुमा पानी दिन नसकेको उल्लेख गदै उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले प्रतिसेकेन्ड ५ सय लिटर पानी भए मात्र उपत्यकावासीलाई प्रयाप्त पानी हुने दावी गर्नुभयो ।
आयोजना निर्माणको जिम्मा पाएको दिवा÷प्रेरा जेवी निर्माण सेवाका परामर्शकर्ता रामजी कोइरालाले एक हप्ताभित्रै मुहानको इन्टेका निर्माण भइसक्ने जानकारी दिनुभयो । यस्तै निर्माण सेवाका इन्जिनियर उत्तम सुवेदीले वर्षातले असर नगरे तोकिएकै समयमा खरीखोला र वोरीखोला आयोजना निर्माण सम्पन्न हुने उल्लेख गर्नुभयो ।