झुप्रा वृहतले २ करोड १० लाखको पानी बेच्यो

DSC02764सुर्खेत, १ असार ।
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५ करोड १५ लाख रुपैया आम्दानी गरेको जनाएको छ ।
पानीको महसुलवाट २ करोड १० लाख, जरिवानावाट १२ लाख १५ हजार, धारा जडान र मिटर नाउसारीवाट ६ लाख ४० हजार रुपैया आम्दानी भएको लेखापाल चिरन्वीवी खनालले वताउनु भयो ।
उहाँले प्रतिक्षा सुचिमा रहेका धारा जडान अनुदान बाफत २ करोड ५४ लाख र वैक व्याजवाट २५ लाख ४५ हजार रुपैया संकलन भएको पनि जानकारी दिनुभयो ।
पानीको महसुलवाट साउनमा १९ लाख, भदौमा २१ लाख ५० हजार, असोजमा २१ लाख ४५ हजार, कार्तिकमा २२ लाख ८ हजार, मंसिरमा २२ लाख ७८ हजार रुपौया आम्दानी भएको छ ।
यस्तै पुषमा २१ लाख ९८ हजार, माघमा २१ लाख १५ हजार, फागुनमा १९ लाख ७७ हजार, चैत्रमा १८ लाख ६४ हजार, बैसाखमा १५ लाख १९ हजार र जेठमा १५ लाख १० हजार रुपैया पानीको महसुलवाट उठेको संस्थाले जनाएको छ ।

प्रकाशित मितिः १ असार २०७३, बुधबार १२:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *