सुर्खेत, १३ असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—२५ कोलडाँडामा १ करोड २० लाख रुपैयाको लगानीमा अर्गानिक तरकारी फर्म संचालनमा आएको छ ।
आर्गनिक तरकारी उत्पादन गर्ने उदेश्यले नेपालमै पहिलो पटक आधुनिक ग्रीन हाउस (टप नेचुरल भेन्टिलेसन) निर्माण गरिएको छ ।
इन्दे्रणी एग्रोफर्मले संचालनमा ल्याएको ग्रीन हाउमा तीन सिजनमा तरकारी उत्पादन हुने र्फम संचालक काशीचन्द्र वरालले वताए ।
२०६९ साल फागुन महिनावाट निर्माण थालिएको फर्ममा अहिले टमाटर, काँक्रा, भेडेख्रोसानी उत्पादन गरिएको छ ।
तापक्रम सन्तुलन गरी आर्गनिक तरकारी उत्पादन गर्न टर्नेलहरु निर्माण गरिएको छ ।
५ वटा टर्नेल मध्ये ४ वटामा १२ हजार विरुवावाट तरकारी फलाउन सकिने र एउटा टर्नेलमा विरुवा उत्पादन गरिने संचालन वरालले जानकारी दिए ।
ग्रीन हाउसवाट वार्षिक ५४ लाख रुपैयाको तरकारी उत्पादन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । ‘यो नेपालमै पहिलो पटक निर्माण गरिएको अत्याधुनिक प्रविधि जडित तरकारी फर्म हो वरालले भने जिरो बजेट, कृषि पद्धति मार्फत जीवाअमृत मल र जैविक विषाधीको मात्र प्रयोग गरिन्छ । ’
ग्रीन हाउटमा थोपा सिचाई हुने र रासायणिक मलको प्रयोय भने हुदैन ।
प्रतिकुल मौसमलाई पनि अनुकुल बनाएर तरकारी खेती गर्न सकिने प्रविधी जडान गरएको छ ।
टर्नेलमा एक पटक विरुवा रोपेपछि वाह्रै महिना तरकारी फलाउन सकिन्छ ।
विदेशमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सकिन्छ भन्ने हेतुले नौलो काम गरेको वरालले बताए
उनले भने सहकारीवाट भ्रमण गर्ने थाइलेण्ड लगायतका विभिन्न देशको भ्रमण गर्ने अवसार मिल्यो, ति देशहरुमा यस्ता फर्म देखेपछि नेपालमै पनि केही गर्न सकिन्छ भनेर तरकारी खेतीमा हात हालेको हुँ ।
जति उत्पादन गरेपनि सुर्खेतमा बजारको समस्या छैन । ग्रीन हाउसमा एक सिजनमा १ लाख ८० हजार किलो टमाटर र २ लाख किलो काँक्रा उत्पादन हुन्छ ।
५४ लाख आम्दानी मध्ये सवै खर्च कटाएर वार्षिक ४४ लाख रुपैया चोखो आम्दानी हुने बताएको छ ।
कालिकोटको फुकोट गाविसका ४४ वर्षिय बराल २०५४ सालमा गाविस अध्यक्ष हुदै कान्तिपुर दैनिकमा समेत काम गरेका थिए ।
माओवादी आन्दोलनको वेला भुमिगत हुनु भएका उनीले पछिल्लो समय व्यवसायीक तरकारी खेती नै आफनो लक्ष्य रहेको उल्लेख गरे ।
ग्रीन हाउस वरीपरी रहेको वस्तीमा रहेका २ वटा समुहसगँ आवद्ध किसानलाई तरकारी उत्पादन र बजार व्यवस्थापनमा समेत सहयोग गदै आउनु भएको छ ।
ग्रीन हाउस निर्माणको लागि साना तथा मझौला कृष आयस्रत बृद्धि आयोजनाले ३८ लाख ४४ हजार अनुदान दिने उनले वताए ।
ग्रीन हाउसले फुल तरकारी उत्पादन थाले वाहिरवाट सुर्खेतमा तरकारीको आयात आधाले रोकिने बताएको छ ।
तस्वीर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—२५ कोलडाँडामा संचालनमा आएको ग्रीन हाउस (टप नेचुरल भेन्टिलेसन) फर्म । र अत्याधुनिक सुविधा सम्पन्न टर्नेलभित्र टमाटरको गोडमेल गदै किसान ।