युवाका लागि योजना तर्जुमा तालिम

अमर कार्की
बाबियाचौर,सुर्खेत १७ भदौ ।
स्थानीय युवा समूहलाई स्थानीय योजना तर्जुमा प्रक्रियामा सहभागी गराउने उद्देश्यले वावियाचौरमा साथ २ दिने तालिम सुरु भएको छ ।
२२ जनाको सहभागीता रहेका तालिममा योजना तर्जुमा प्रक्रियाका १४ चरणको बारेमा छलफल गरिएको छ ।
तालिमका सहभागी युवाहरुले अब हरेक क्षेत्रमा युवाको सहभागिता हुनुपर्ने र अर्थपूर्ण सहभागीताका साथ सहभागी हुनुपर्नेमा जोड दिएका छन ।
14233433_1756004414657651_1832928878_oतालिमको उद्घाटन गदै गाबिस प्राबिधिक मान बहादुर बुढाले योजना तर्जुमा प्रक्रियाको बारेमा युवाहरूले जानकारी लिनुपर्ने बताउनु भयो ।
सुन्दर नेपालका युवा शसक्तिकरण परियोजनाका युवा अधिकृत रबिन्द्र कुमार चन्दले बाबियाचौरको युवा समुहले नमुनाको रुपमा काम गरेर देखाउनु पर्ने बताउनु भयो ।
बाबियाचौर गाबिसले आयोजना गरेको तालिमको समन्वय सुन्दर नेपाल र सहयोग युएसएआइडीले गरेको हो ।
तालिमको सहजिकरण चक्रप्रसाद गौतमले गर्नुभएको छ । तालिममा स्वागत मन्तव्य गाबिस सामाजिक परिचालक टिकाराम खरालले गर्नुभएको थियोे भने संचालन खगिसरा मर्साङ्गी मगरले गर्नु भएको हो ।

प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ११:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *