नयाँ संरचनामा यस्तो वन्दैछ, वीरेन्द्रनगर नगरपालिका

सुर्खेत, २४ भदौ ।
सर्वदलिय वैठकले स्थानीय निकायको पुर्नसंरचना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई १५ वटा वडा बनाउन प्रस्ताव गरेको छ ।
सर्वदलिय वैठकले साविकको वडा न १ र २ लाई मिलाएर वडा न १, १९,२० र २५ लाई मिलाएर वडा न २, १८ लाई वडा न ३ र सविकको वडा न ३ र ४ लाई मिलाएर वडा न ४ बनाउने प्रस्ताव गरेको छ ।
यस्तै सविकको वडा न ५ र ६ लाई समेटेर वडा न ५, ७ र ८ लाई समेटेर वडा न ६, वडा न ९ र १० लाई समेटेर वडा न ७ बनाइने भएको छ ।
साविकको वडा न १५ र १७ लाई समेटेर वडा न ८, १४ र १६ लाई वडा ९, १३ र २१ लाई वडा न १०, ११ र १२ लाई वडा न ११ तथा वडा न २२, २३ र २३ लाई समेटेर वडा न १२ वनाउने प्रस्ताव सर्वदलिय वैठकले गरेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
14232609_1333164460057137_4712666582104567111_nसर्वदलिय वैठकले साटाखानी गाविसलाई समेटेर वडा न १३, रतु गाविसलाई वडा न १४ र गढी गाविसलाई समेटेर वडा न १५ वनाउने प्रस्ताव समेत गरेको नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडलले वताउनु भयो ।
जनसंख्याको हिसावले अहिले प्रस्ताव गरिएको वडा मध्ये सवैभन्दा बढी जनसंख्या साविकको वडा न ५ र ६ अर्थात अहिले प्रस्ताव गरिएको वडा न ५ को १२ हजार ५ सय ५० रहेको छ ।
सवैभन्दा कम साविकको रतु गाविसको अर्थात अहिले प्रस्ताव गरिएको वडा न १४ को १ हजार ६ सय ७९ रहेको पौडेलले जानकारी दिनुभयो ।
यसमा साविकको साटाखानी गाविस अर्थात अहिले प्रस्ताव गरिएको वडा न १३ को जनसंख्या भने उल्लेख गरिएको छैन ।
क्षेत्रफलको रुपमा सवै भन्दा ठुलो साविकको वडा न १९, २० र २५ अर्थात अहिले प्रस्ताव गरिएको वडा न २ को २९ दशमलव १४ वर्गकिलोमिटर र सवैभन्दा कम साविकको वडा न ९ र १० अर्थात अहिले प्रस्ताव गरिएको वडा न ७ को एक दशमल ४१ वर्गकिलोमिर रहेको छ ।

प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १२:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *