सुर्खेत,१० असोज ।
सुर्खेतको वीरेन्द्रनगर ३ मा रहेको मास्ट महेश्वर मन्दिर धार्मिक समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
सोमवार भएको सभाले यामलाल गौतमको अध्यक्षतामा ९ सदसिय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा उदयलाल गौतम, सचिवमा निलकन्ठ गौतम र कोषाध्यक्षमा हिमलाल गौतम रहनु भएको छ ।
साधारण सभाका प्रमुख अतिथी हेमप्रसाद पन्तले गौतम बंशावली स्मारिकाको विमोचन गर्नु भएको छ ।
कार्यक्रममा समाजसेवी किरणकिशोर पन्त, कालुराम गौलाकोटी, श्याामलाल अधिकारी, अमरबहादुर कार्की, कृष्णप्रसाद गौतम लगायतले सभ्य समाज निर्माणको लागि मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै सभामा समाजका कोषाध्यक्ष बिष्णु गौतमले ३ लाख ५१ हजार ४ सय ३० रुपैया बरावरको आयव्यय विवरण प्रस्तुत गर्नु भएको छ ।