सुर्खेत, १६ फागुन ।
नेपाल निजामति कर्मचारी युनियन संघ सुर्खेतको अध्यक्षमा राजेशकुमार बुढा निर्वाचित हुनु भएको छ ।
युनियन संघ सुर्खेतको सातौ जिल्ला अधिवेसनवाट वुढा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिवेसनले खुला उपाध्यक्षमा रत्नप्रसाद सुवेदी, महिला उपाध्यक्षमा कृष्णाकुमारी शाही,समावेसी उपाध्यक्षमा बीरबहादुर थापा मगर,सचिवमा मेघनाथ सापकोटा,सहसचिवमा टोपलाल चपाई र कोषाध्यक्षमा किरणकुमार थापालाई चयन गरेको छ ।
यस्तै १५ सदसिय जिल्ला कार्यसमितिको सदस्यमा रामप्रसाद लामिछाने, रामबहादुर बुढा, उमेशकेशर खनाल, शिशिर कुमार खड्का, कृष्णप्रसाद देवकोटा, यशोदाकुमारी शर्मा, अस्मिता थापा र उमादत्त भण्डारी रहनु भएको छ ।
अधिवेसनले गणेशकुमार थापा, नृपजंग शाही, काशीराम भट्टराई, बखतबहादुर शाही र खगेन्द्रप्रसाद आचार्यलाई केन्द्रिय प्रतिनिधीको रुपमा चयन गरेको निर्वाचन समितिका सदस्य खेमराज उपाध्यायले जानकारी दिनुभयो ।