सुर्खेत, ४ फागुन ।
सुर्खेतको जर्वुटामा रहेको लक्ष्मीनाराणय मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा डा केवी आचार्य चयन हुनु भएको छ ।
समितिको दोस्रो साधारण सभाले आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ति सुवेदी, सचिवमा राजेन्द्र सुवेदी, सहसचिवमा मदनकृष्ण सुवेदी र कोषाध्यक्षमा गंगाबहादुर ढकाल चयन हुनु भएको छ ।
समितिको सदस्यमा मणीराम कोइराला, देवीनाराणय सुवेदी, कल्पना शर्मा, मञ्जु सुवेदी, कमल सुवेदी, मनरुपा खरेल, पशुराम पौडेल र सविता केसी रहनु भएको छ ।
सभाले मन्दिर व्यवस्थापन समितिको प्रमख सल्लाहकारमा मणिराम सुवेदी चयन गरेको छ । सुवेदीले मन्दिर निर्माणको लागि ५० लाख रुपैया वराबरको जग्गा र केही नगद प्रदान गर्नु भएको छ ।
यस्तै जयप्रसाद सवेदी, कृष्णाप्रसाद सुवेदी, बिजया सुवेदी, डिलाराम आचार्य, तुलाराम थानी, धर्मदत्त ढकाल र गणेशप्रसाद गौतम समितिको सल्लाहकारमा रहनु भएको छ ।
सवै भक्तजनहरुको हित र मानवकल्यानको लागि लक्ष्मी नाराणय मन्दिर स्थापना गरिएको प्रमुख सल्लाहकार मणिराम सुवेदीले बताउनु भयो ।
उहाँले बिकृति रहित समाज निर्माण गर्न र आध्यात्मिक जागरण ल्याउनको लागि पनि मन्दिर स्थापना गरेको जानकारी दिनुभयो ।
उहाँले मन्दिरमा लक्ष्मी नारायणको मुर्ति स्थापनको लागि आफुले ४ लाख रुपैया, लीलादेवी मन्जरीले ५० हजार र शान्ति सुवेदीले पनि ५० हजार रुपैया प्रदान गर्नु भएको जानकारी दिनुभयो ।