बायो ग्यासमा सिमेन्ट डोमको विकल्पमा अब फाइवर डोम

फाइवरको डोम प्रयोग गरिएको वायो ग्यास प्लान्ट ।

सुर्खेत, २९ असार ।
बायोग्यास प्लान्टमा नयाँ मोडेलको विकास भएका छ । केपी व्यवसायिक सेवा सुर्खेतले जीजीसी २०४७ मोडेलको विकल्पमा सुधारिएको प्रविधि फाइवर डोम (मिथेन ग्यास रहने ठाउँ) को विकास गरेको हो ।
वर्षदिनसम्म गरिएको अध्ययन र अनुसन्धानपछि नयाँ फाइवर डोम मोडेलको विकास गरिएको सेवाका संचालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
बायो ग्यास बनाउँदा अहिलेसम्म सिमेन्टको डाइजेस्टर (कुहिने वस्तु रहने ठाउँ) र सिमेन्टकै डोम प्रयोग हुँदै आएका थियो ढकालले भन्नुभयो तर अव भने सिमेन्टको डाइजेस्टर र फाइवरको डोम हुन्छ । नेपालमै पहिलो पटक विकास गरिएको फाइवरको डोम उपभोक्ताको लागि निकै किफायती भएको उहाँले बताउनु भयो ।
सिमेन्टको डोम प्रयोग गरेर एउटा बायोग्यास बनाउन महिना दिन लाग्थ्यो भने फाइवरको डोम प्रयोग गर्दा ४ दिनमै वायो ग्यास निर्माण हुन्छ ।
सिमेन्टको डोम टुटने फुटने समस्या हुन्छ , फाइवरमा हुदैन, सिमेन्टको डोमलाई भुकुम्पले क्षेती गर्छ फाइवरलाई गदैन, सिमेन्टको डोम अन्यत्र सार्न मिल्दैन, फाइवरलाई अन्यत्र सार्न मिल्छ, सिमेन्टको डोमलाई मर्मत गर्न सकिदैन टुट्यो फुटयो भने नयाँ बनाउनै पर्छ, फाइवरलाई मर्मत सुधार गरे पुग्छ ।
फाइवरको डोम प्रयोग गरेर वायो ग्यास बनाउँदा जनशक्ति र सिमेन्ट, वालुवा पनि निकै काम लाग्छ । सिमेन्ट प्रयोग गरेर एउटा वायो ग्यास बनाउन १६ बोरा सिमेन्ट, ७० बोरा वालुका, ३० वोरा गिठ्ठी दक्ष र अदक्ष गरी ३० जना कामदार लाग्छ ।
तर mाइवरको डोम प्रयोग गरेर बायो ग्यास बनाउँदा ६ वोरा सिमेन्ट, ४ वोरा गिठ्ठी ३० वोरा वालुवा, दक्ष र अदक्ष गरी १५ जना जति कामदार लाग्ने संचालक ढकालले बताउँनु भयो । सिमेन्टको डोममा सानो ठाउँमा इनामेल गर्न छुटयो भनेपनि ग्यास लिक हुने समस्या हुन्छ तर फाइवरको डोममा त्या समस्या हुदैन ढकालले भन्नुभयो त्यसैले फाइवरको डोम सिमेन्टको भन्दै धेरै सस्तो, किफयती र उपयोग गर्न निकै सजिलो हुन्छ ।
पुरानो मोडेलवाट उत्पादन हुने ग्यासको इपिसेन्सी भन्दा यसको इपिसेन्सी पनि बढी भएको संचालन ढकालले बताउनु भयो । केपीएस एफअरपी नाम दिइएको यो फाइवर डोम वनाउन जिल्ल्ला समुन्वय समिति सुर्खेत, वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र र केएफडव्लुले सहयोग गरेका हुन ।

सिमेन्टको डोम प्रयोग गरिएको वायो ग्यास प्लान्ट ।

नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएका यो प्रविधिको सफल परिक्षण समेत गरिएको छ । यसलाई उपभोक्ताको घरघर सम्म पुरयाउनका लागि सहयोग गर्न पनि ढकालले वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र र केएफडव्लुलाई आग्रह गर्नु भएको छ ।
एकघरलाई एकभारी दाउँरा तीन दिनसम्म हुन्छ । एकभारी दाउरा ३० देखि ४० केजीसम्म् हुन्छ । वर्षदिनमा एक घरले १ सय ३० देखि १ सय ५० भारी दाउरा प्रयोग गर्छ । वर्षदिनमा एक घरले १३० दखि १५० भारी दाउरा प्रयोग गर्नु भनेको एउटा ३० देखि ४० वर्षको रुख नष्ट हुनु हो त्यसैले वन जंगल जोगाउन पनि वायो ग्यासको प्रयोगलाई प्रोत्सहान गर्न सरकार गम्भिर हुनुपर्छ ढकालले भन्नुभयो ।
सुर्खेतमा अहिले वायो ग्यास प्रयोगकर्ताको संख्या ४ हजारको हाराहारीमा छ । सुर्खेता हरेक वर्ष केपी व्यवसायिक सेवाले २ सय ५० को हाराहारीमा वायो व्यास बनाउदै आएको जनाएको छ । अहिलेसम्म सहरी क्षेत्रमा एलपी ग्यास र ग्रामीण क्षेत्रमा दाउराको प्रयोग बढी मात्रामा भैइरहेको छ ।

प्रकाशित मितिः २९ असार २०७४, बिहीबार १०:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *