सुर्खेत, १५ साउन ।
अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले पंचपुरी नगरपालिका ५ तिखाकुनामा रहेको बाढी पीडित शिविरमा निशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ ।
५३ जना बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले बताउनु भयो ।
स्वास्थ्य शिविरमा बालबालिकाहरुको स्वास्थ्य परिक्षण, आँखा जाँच, दात सम्बन्धि चेकजाच तथा शल्यक्रिया, बयस्क तथा बृद्धबृद्धा र महिलाहरुको आँखा, दाँत र स्वास्थ्य परिक्षण गरिएको थियो ।
१६२ जना बालबालिका, ९३ जना वयस्क स्वास्थ्य जाँच, १३९ जनाको आँखा जाच, ३५ जनाको दाँत जाँच तथा दाँत उखेल्ने र १५ जना आमाहरुलाई सुरक्षित मातृत्व र पोषण सम्बन्धि परामर्श प्रदान गरिएको छ ।शिविरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. नवनित रौनियार, दुल्लु अस्पताल दैलेखका डा. कुश नेपाली, क्षेत्रीय अस्पतालका दन्तरोग विशेषज्ञ डा। निरज कुमार देव र सुर्खेत आँखा अस्पतालका आँखा सम्बन्धि विशेषज्ञ आमोद पन्तले उपचार तथा स्वास्थ्य जाँच गर्नु भएको थियो ।
२ जना आँखाका विरामीलाई आँखा अस्पतालमा रिफर, पाठेघर सम्बन्धि समस्या भएका धेरै महिलालाई क्षेत्रीय अस्पतालमा रिफर गरिएको छ । कार्यक्रममा डा. नवानित रौनियारले छोरा को सम्झनालाइ जीवन्त पार्न सामाजिक सेवा मार्फत हजारौ बालबालिकाहरुलाई जीवन दिने महान अभियानलाई सवैले साथ दिनुपर्ने बताउनु भयो ।
पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बाढी पिडित शिविरमा स्वास्थ्य शिविर गर्नु सरानिय काम भएको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले पुत्र वियोगलाइ शक्तिमा बदल्दै हजारौ अनमोलहरु जस्तै विपन्न बालबालिकाहरुको जीवन रक्षा, स्वास्थ्य सुरक्षा र शैक्षिक विकासमा योगदान सामाजिक अभियान चलाएको बताउनु भयो ।
उहाँले सामाजिक सेवा मै जीवन अर्पण गर्ने प्रण सहित यो अभियानलाइ प्रदेश नं ६ का १० वटा जिल्लामा केन्द्रित गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ७०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो । शिविरको लागि साझेदारी विकास परियोजना, पंचापुरी नगरपालिका, एसियन लाइफ इन्स्योरेन्स, सिविन नेपाल सुर्खेत, ज्ञान सिन्धु कलेज, साउथ एसियन स्कलर एकेडेमी, ग्रामिण एकता युवा संजाल बाबियाचौर गरेका थिए । यस्तै विकासका लागि युवा संस्था, युथ फर चिल्ड्रेन लगायतले समुन्यमा शिविर भएको हो ।