सुर्खेत, २६ साउन ।
सुर्खेतका सम्पूर्ण सामुदायिक वनहरु र सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतले वन संरक्षणमा योगदान पुरयाउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन । दोस्रो सामुदायिक वन राष्टिय दिवस सम्वन्धी वीरेन्द्रनगरमा भएको विहिवार भएको कार्यक्रममा जिल्ला वन अधिकृतसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सुर्खेतका जिल्ला वन अधिकृत हेमराज बिष्ट, सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्मा, गंगा रोजिन एण्ड टर्पेन्टाइन उद्योगका प्रतिनिधी दिपक विमली लगायतलाई सम्मान गरिएको छ ।
सामुदायिक वनको विकास, समुहको उन्नति र प्रगतिको लागि महत्वपूर्ण योगदान दिएको भन्दै जिल्ला वन अधिकृत बिष्टलाई सुर्खेतका सम्पूर्ण सामुदायिक वनहरुको तर्फवाट र सामुदायिक वन उपभोक्ता महासंघले छुट्टाछुट्टै रुपमा सम्मान गरेका हुन ।
यस्तै सहायक जिल्ला वन अधिकृत शर्मालाई सामुदायिक वनको विकासको लागि निरन्तर रुपमा योगदान दिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतले सम्मान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतले गंगा रोजिन एण्ड टर्पेन्टाइन उद्योगका प्रतिनिधी विमलीलाई सामुदायिक वन विकासको अभियानमा अविछिन्न रुपमा योगदान दिएको भन्दै सम्मान गरेको छ ।