आईसियू सेवाको लागि थीरकुमारी कार्कीद्धारा ४३ लाखको सहयोग

सुर्खेत, २६ साउन ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा आईसियु (सघन उपचार कक्ष) सेवा संचालन भएको छ । सुर्खेतका समाजसेवी स्व. नन्दबहादुर कार्कीको श्रीमती थिरकुमारी कार्कीले आईसियू सेवाको लागि करिव ४३ लाख सहयोग गर्नुभएको छ ।
स्व. कार्कीका छोरा कोमल कार्कीले बुवाको इच्छा अनुसार आप्mनै ठाउँको अस्पताललाई सो सहयोग गरिएको बताउनुभयो ।क्षेत्रीय अस्पतालका निमित्त मेसु डा. डम्बर खड्काले बुवाको सम्झनामा गरिएको सहयोगले यस क्षेत्रका गरिव र दुःखीहरुले जीवनदान पाउने बताउनुभयो ।
उहाँका अनुसार आईसियुमा एक पटकमा चार जना विरामीको उपचार गर्न सकिनेछ ।क्षेत्रीय अस्पताललाई कार्की परिवारले गरेको सहयोगप्रति सरोकारवाला निकायहरुले प्रशंसा गरेका छन् ।
मध्य पश्चिमका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाई, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, अस्पताल विकास समितिका सदस्य धनसिंह खड्का, पूर्णप्रसाद पौडल लगायतले स्व. कार्कीको परिवारले क्षेत्रीय अस्पताललाई गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः २६ श्रावण २०७४, बिहीबार १२:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *