सेरोफेरोद्वारा गुप्तीपुरमा निशुल्क स्वास्थ्य शिविर

सुर्खेत, १७ भदौ ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो र लियो क्लव सुर्खेत सेरोफेरोले वीरेन्द्रनगर नगरपालिका —१३ गुप्तीपुरमा निशुल्क स्वास्थ्य शिविरमा संचालन गरेका छन । शिविरमा सुगर, प्रोटिन, किटनी लगायतको चेकजाँच गरिएको लाइन्स क्लव अफ सुर्खेत सेरोफोरोका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
श्निवार विहान ७ देखि १० बजेसम्म संचालन भएको निशुल्क शिविरमा २ सय ४० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।
शिविरमा सवैभन्दा बढी प्रेसर, सुगर र प्रोटिनका विरामीहरु भेटिएको पनि वताएको छ । शिविरमा भरत देवकोटा, जानकी देवकोटा, तेजेन्द्रबहादुर बस्याल, कल्पना बस्याल लगायतका स्वास्थ्यकर्मीले चोकजाँच गर्नु भएको थियो ।
निशुल्क शिविरको उदघाटन गदै क्लवका अध्यक्ष युवराज पौडेलले सामाजिक कार्य अन्तर्गत निशुल्क शिविर आयोजना गरिएको बताउनु भयो ।उहाँले आउँदा दिनहरुमा ६ नम्वर प्रदेशका दुर्गम भन्द दुर्गम गाउँ वस्तीहरुमा पनि ठुला खालका स्वास्थ्य शिविरहरु संचालन गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो । यस्तै एलसी आइएफ कोर्डिनेटर नारायण तिवारीले लाइन्स क्लवले आगामी दिनमा पनि यस्ता क्रियाकलाप जारी राख्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा कालिका आधारभूति विद्यालयका प्रधानाध्यापक मानबहादुर वारघरे, वडा न १३ का वडासदस्य सविता बस्याल लगायतले लाइन्स क्लव अफ सेरोफेरोले गरेको कामको प्रशंसा गर्नु भएको छ ।

प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार ०७:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *