संयोजकमा तिलकराम अधिकारी

सुर्खेत, ९ असोज ।
स्थानीय तह वडा सचिव हकहित संरक्षण केन्द्र सुर्खेतको तदर्थ समितिको संयोजकमा तिलकराम अधिकारी चयन भएका छन् । जिल्लाभरीका वडा सचिवहरुको आइतबार वीरेन्द्रनगरमा भएको भेलाले अधिकारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।समितिको सदस्यमा लेखबेसीका तिकलराम आचार्य, पञ्चपुरीका चुडामणि कँडेल, चौकुनेका मिनबहादुर भण्डारी, बराहतालका आन्नदप्रसाद चपाई, सिम्ताका थिरबहादुर सुनार, भेरीगंगाका पिताम्वर पौडेल, गुर्भाकोटका ठगेन्द्र खत्री, चिङ्गाढका विष्णु बुढा र वीरेन्द्रनगर नगरपालिकाबाट नवराज शर्मा तथा गीता चपाई चयन भएका छन् ।
नव गठित समितिले वडा सचिवहरुलाई गोलबन्द गरी हक, हित र अधिकार प्राप्तिका लागि आवाज बुलन्द गर्ने बताएको छ । समितिका संयोजक अधिकारीले तिहारपछि तदर्थ समितिलाई पूर्णता दिनुका साथै सेवाप्रवाहलाई व्यवस्थित गरिने जानकारी दिए ।

प्रकाशित मितिः ९ आश्विन २०७४, सोमबार ०१:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *