१५ दिने तालिम संचालन शुरु

सुर्खेत, ४ मंसिर ।
सहकारी तथा गरिवी निवारण मन्त्रालय बाट लागु गरिएको डिभिजन सहकारीले उपलव्ध गराएको युजर र पासवर्डको प्रयोग गरी सहकारी संघ संस्थाहरुले आफ्ना डाटाहरु इन्टी गनुपर्ने कोपोमिस सफ्टवयर सम्बन्धी १५ दिने तालिम आज देखि वीरेन्द्रनगर सुर्खेतमा संचालन भएको छ । अधिकांश सहकारी संस्थाहरुमा यो सफ्टवयरको बारेमा अन्यौलता भई सहकारी संस्थाहरुको आग्रहले तालिम आयोजना गरिएको आयोजक पि.एस.डीका प्रवन्ध निर्देशक प्रेम कुमार विसिले बताउनु भयो ।


त्यसैगरी तालिमका सहजकर्ता सहकारी अधिकृत देवीप्रसाद पौडेलले सफ्टवयरले गर्दा सहकारीका सम्पुर्ण डाटाहरु तथा अभिलेख सुरक्षित हुने, सस्थाका वास्तविक सदस्य पहिचान गर्न सकिन भएको हुदां राष्टिय अर्थतन्त्रमा सहकारीको यागदान पहिचान गर्न सकिने बताउनु भयो । एक फरक प्रशंगमा पौडेलले डिभिजन सहकारी कार्यालयमा मासिक रुपमा बुझाउनु पर्ने विवरण कार्यालय सम्म पुगी बुझाउनु पर्ने झन्झट मुक्त हुने र साधारण सभा तथा लेखापरिक्षण लगायतका अन्य विवरणहरु समेत यसै वाट पेश गर्न सकिने कार्यालयमा पुग्न नपर्ने बताउनु भयो । कोपोमिस सफ्टवयर मार्फत कुनै एउटा संस्थामा कालोसुचिमा परेका सदस्यहरु अर्को संस्थालाई पहिचान भई शाख सुचना प्राप्त भई लगानी सुरक्षित गर्न सकिने तथा मन्त्रालय,विभाग र डिभिजन सहकारीका सुचना,परिपत्र, तालिम लगायतका अन्य अवसरका वारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित मितिः ४ मंसिर २०७४, सोमबार २२:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *