विश्व एड्स दिवसमा चेतनामुलक अन्तक्र्रिया

सुर्खेत, १५ मंसिर ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले विश्व एड्स दिवसको अवसरमा वीरेन्द्रनगरमा जनेचनतामूलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।


कार्यक्रममा क्लवका हेल्थ डाइरेकटर भरत देवकोटा र डाक्टर संजु गौतमले एचआइभी एड्स हुने कारण, सावधानीको उपाय, लक्षण लगायतका वारेमा जानकारी दिनु भएको छ ।
लाइन्स क्लवका एओजी बिजय पराजुलीले सुर्खेतका अरु लाइन्स क्लव भन्दा सेरोफेरो क्लवले सामाजिक सेवामा अग्रणीभूमिका निर्वाह गदै आएको बताउनु भयो ।


मोडेल कलेजमा भएको कार्यक्रममा कलेजका सहायक प्रिन्सीपल नारायण तिवारीले स्वागत मनतव्य राख्दै कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको थियो ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले स्थापना भएको छोटो समयमै क्लवले थुप्रै सामाजिक काम गर्न सफल भएको वताउनु भयो ।


उहाँले क्लवले दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्नेदेखि शैक्षिक सामाग्री वितरण गरेको भन्दै आगामी दिनमा थप सामाजिक कामहरु गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार १६:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *