नेपाललाई ‘छोरीको निम्ति स्वर्णिम देश बनाएरै छाड्छौ

सुर्खेत, १२ पुस ।
वाल विवाह विरुद्धका अभियन्ता नरबहादुर कार्की र रेखा थापाले बालविवाह अन्त गर्ने उद्देश्यका साथ शुरु भएको ‘छोरीका लागि स्वर्णिम नेपाल’ महाअभियानलाई साथ दिन आग्रह गर्नु भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा भएको सचेतनामूलक कार्यक्रममा कार्की र थापाले समृद्ध समाज निर्माणका लागि बालविवाह अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । महाअभियान सवैको साझा अभियान पनि भएको उल्लेख गदै उहाँहरुले छोरीको निम्ति नेपाललाई स्वर्णिम देश बनाउने दावी समेत गर्नुभयो ।


महाअभियानका अभियान्ता तथा अन्तराष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले २० वर्ष मुनिका ३७ प्रतिशत छोरीहरुले विबाह गर्ने गरेको भन्दै विश्व सामु नेपाल बालविबाह गर्ने देशको सुचिमा उच्च स्थान रहेकाले बताउनुभयो ।
बालबिबाहका कारण थुपै छोरीहरुले आफुले चाहेको कुराहरु पुरा गर्न नसक्ने भन्दै उहाँले छोरीहरुको सुनौलो भविस्य निर्माणको लागि वालविवाह अन्त्यको विकल्प नभएको उल्लेख गर्नुभयो ।


यस्तै अभियान्ता तथा नायिका रेखा थापाले बालविवाहका कारण महिलाहरु पछि परेको उल्लेख गदै नेपाललाई ‘छोरीको निम्ति स्वर्णिम देश बनाएर छाडने दावी गर्नुभयो ।

प्रकाशित मितिः १२ पुष २०७४, बुधबार ०४:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *