सुर्खेत, २१ पुष ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले ‘न्यानो सुर्खेत’ अभियान सुरु गर्नु भएको छ ।
आर्थिक रुपमा विपन्न सुर्खेतका बालवालिकालाई चिसोबाट जोगाउने उदेश्यले ‘न्यानो सुर्खेत’ अभिायन थालेको उहाँले बताउनु भयो ।
विशेषगरी बाढीवाट प्रभावित भएर अस्थायी शिविरमा बस्दै आएका बाल बालिकाहरुमा केन्द्रीत रहेको डाक्टर केसीले उल्लेख गर्नुभयो ।
अभियान अन्तर्गत भोली (शनिवार) सुर्खेतको गिरीघाटस्थीत अस्थायी शिविरका बालबालिकालाई न्यानो कपडा वितरण गर्न लागिएको छ ।
बालबालिकालाई स्वीटर, जुता, टोपी लगायतका न्यानो कपडा विरतण गर्नुको साथै उनीहरुको निशुल्क उपचार पनि गरिने डाक्टर केसीले जानकारी दिनुभयो ।
सामाजिक सेवामा सक्रिय हुदै आउनु भएका डाक्टर केसीले ‘न्यानो सुर्खेत’ अभियानमा जोडिन पनि सवैलाई आग्रह गर्नु भएको छ ।
मानविय सेवा नै सवैभन्दा उत्तम सेवा भएको उल्लेख गदै उहाँले समस्यामा परेका बालबालिकाको सहयोग गर्नु सवैको कर्तव्य हुने बताउनु भयो ।
डाक्टर केसीले बालस्वास्थ्य शिविर मार्फत सुर्खेत, जाजरकोट, बर्दिया जस्ता जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर बालबालिकाहरुलाई निशुल्क उपचार गदै आउनु भएको छ ।