प्रमोदले उडाए सुर्खेतको धुलो ः २९ गते यम बरालदेखि रामजी खाँडसम्म आउने
सुर्खेत, २८ माघ ।
सुर्खेतको वीरेन्द्रनगरमा संचालन भइरहेको प्रदेश महोत्सवको तेस्रो दिन चर्चित गायक प्रमोद खरेलले सुर्खेतको धुलै उडाए । जब चर्चित गायक स्टेजमा गए तब ददर्शकहरु यसरी नाचे कि सुरक्षाकर्मी र स्वयम्सेवकहरुलाई भीड नियन्त्रण गर्न गा¥हो प¥यो भने धुलोले खुला मञ्चको आकाश नै ढाकियो ।‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ भन्ने गीतमा दर्शकहरुले पनि प्रमोद खरेलसँग सँगै गाउन थाले पछि गायक झनै जोसिएको थिए ।
स्थानीय कलाकारहरु सहित राष्ट्रिय स्तरका चर्चित कलाकारहरु पूर्णकला बिसी, प्रकाश सपुत र चन्द्र मन्दिरले बेजोड प्रस्तुती राखेका थिए । माघ २९ गते स्थानीय कलाकारहरु सहित गायकयम बराल बादलुको घुम्टोले ईलाम बजार छोपिंदा लगायतका गीतहरु गाउने छन् । त्यसैगरी चर्चित गायक रामजी खांड झिम झिम गर्ने परेलीमा धेरै गाजल नलगाउ लगायतका गीतहरु गाउने छन् भने नारायण रायमाझीले साननानीले झुक्या यो मलाई लगायतका गीतहरु गाउनेछन् । साथमा जानकी तारामीले जता हावा उतै चल्छ हुरी लगायतका गीतहरु गाउनेछिन् भने मोडल हिमानी ढुङ्गानाले नृत्य प्रस्तुत गर्नेछिन् । आयोजकका अनुसार आज १२ हजार बढी दर्शकले अवलोकन गरेका छन् । लगभग १५ लाख बराबरको व्यावसायिक कारोबार भएको आयोजकले जनाएको छ ।