नापी प्रमुख धर्मराज ओझाको विदाई

सुर्खेत, १५ फागुन ।
नापी कार्यालय सुर्खेतका प्रमुख धर्मराज ओझाको विदाई गरिएको छ ।
उहाँले साढे ५ वर्ष नापी कार्यालय सुर्खेतको प्रमुखको रुपमा काम गर्नु भएको थियो । अहिले उहाँ नापी कार्यालय अछाममा सरुवा हुनु भएको छ ।
नापी कार्यालय सुर्खेतले गरेको बिदाई कार्यक्रममा बोल्दै ओझाले सुर्खेतमा रहदा प्रत्यक्ष र अप्रत्यक्ष रूपले सहयोग गर्ने राजनीतिक दल, प्रशासनिक निकाय, सरकारी कार्यालयका प्रमुख, कार्यालयका कर्मचारी, सेवाग्राहीलगायत सवैप्रति आभार र धन्यवाद प्रकट गर्नु भएको छ ।


उहाँले सवैको साथ र सहयोगको कारण आफनो कार्यकालमा नापी कार्यालयमा महत्वपूर्ण सुधार ल्याउन सफल भएको पनि बताउनु भयो ।ओझाकै कार्याकालमा नापी कार्यालय सुर्खेतले आफनै भवन निर्माण गरेको थियो । ओझाले सुर्खेत जिल्लामा गाउँ व्लक नाप नक्सा सम्पन्न गरी झन्डै एक हजार जनालाई लालपुर्जा वितरण गर्नु भएको थियो । यस्तै उहाँकै कार्याकालमा नापी कार्यालयले सुर्खेतमा पहिलो पटक डिजिटल प्रविधिबाट सेवा प्रभाव गरेको थियो । भने कार्यालय भवन परिषरमा सेवाग्राहीको लागि प्रतिक्षलय निर्माण, लैगिक मैत्री शौचालय र अपांग मैत्री कार्यालय भवन निर्माण गरेको थियो । उहाँले नापी कार्यालयमा काउन्टर प्रणालीबाट सेवा प्रभाव पनि सुरुवात गर्नु भएको थियो ।


ओझाले बेरुजु फछ्र्योटमा महत्वपूर्ण उपलव्धी हासिल गरी उत्कृष्ट पुरस्कार पनि पाउनु भएको थियो ।ओझाको कुशल नेतृत्वमा नापी कार्यालय सुर्खेतले बेरुजु फछ्र्यौटमा ८७ दशमलव ४१ प्रतिशत प्रगति हासिल गर्न सफल भएको भन्दै नापी विभागले नगद पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार २१:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *