जोखिममा परेका बालबालिकालको उद्धार

सुर्खेत, ७ चैत्र ।
बुवाको मृत्युपछि आमाले अर्कोसँग विवाह गरेपछि अलपत्र अवस्थामा परेका जाजरकोटका चारजना वालवालिकालाई एसओएस सामाजिक सेवा केन्द्रले उद्धार गरेको छ ।  केन्द्रका प्रमुख श्याम क्षेत्रीको विशेष पहल र सक्रियतामा शिवालय गाउँपालिका–६ थालारैकर, जाजरकोटका चार भाइवहिनीलाई उद्धार गरी संरक्षण दिइएको हो ।


बुवा पूर्णबहादुर रोकाको मृत्यु लगत्तै आमाले पनि छाडेर गएपछि बज्यैसँग हरिता, सीता, सरिता र रामचन्द्र बृद्ध बाजे बज्यैसगँ भारत जान लागेको बेला उद्धार गरिएको हो । उनीहरुलाई अहिले भैरवस्थानमा राखेर खाने बस्ने व्यवस्था मिलाइएको क्षेतीले बताउनु भयो । आर्थिक अभावका कारण गाउँमा खाना लगाउन र उनीहरुलाई पढउन लेखाउन समस्या भएपछि नानातिनाहरुलाई लिएर भारतको सिमला जान हिडेको वेला सामाजिक केन्द्रको पहलमा सुर्खेत आएको बाजेवज्यैले बताएका छन ।
भारत गएपछि बच्चाहरु जोखिममा पर्न सक्ने देखेर उनीहरुलाई सुर्खेतमै राखेर पढने, लेख्ने व्यवस्था मिलाउन पहल गरेको क्षेत्रीले उल्लेख गर्नुभयो ।  तत्कालको लागि उनीहरुलाई क्षेत्रीले नै व्यक्तिगत रुपमा लत्ताकपडा, कापी किताव र खाद्यान्न सहयोग गरिरहनु भएको छ ।
उनीहरुलाई निशुल्ल पढने व्यवस्था गर्नको लागि एसओएस वालग्राम लगायतका निकायसँग समन्वय गरिएको रहेको पनि उहाँले जानकारी दिनुभयो ।  चारैजना बालबालिका ११ वर्षमुनीका रहेका छन । अहिले उनीहरु बृद्ध बाजेबज्यैसँग सुर्खेतको भैरवस्थानमा बसेका छन । जोखिममा परेका बालबालिकालाई सहयोग गर्न कतिपय निकायले खासै चासो नदिएको गुनासो समेत गर्नुभयो । सुर्खेत बस्ने अवस्था सृजना नगरेर भारतमा गएपछि उनीहरु थप जोखिममा पर्न सक्ने उल्लेख गदै क्षेत्रीले समस्या परेका यी वालबालिकालाई सक्दो सहयोग गर्न सरकारी तथा गरसरकारी निकाय, संघसंस्था र व्यक्रिहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित मितिः ७ बैशाख २०७५, शुक्रबार ०८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *