सुर्खेत, १५ बैसाख ।
अदुवा र बेसारको प्रशोधन तथा असल उत्पादन अभ्यास सम्वन्धी तालिम सुर्खेतको अवलचिङमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले गरेको तालिममा अदुवा वेसारको विविधिकरण बारेमा जानकारी दिइएको थियो ।
अदुवा र बेसारको क्याण्डी, स्क्वास, सर्वत, अचार वनाउने विधिका बारेमा सहभागीलाई सिकाइएको छ ।
यस्तै अदुवा र वेसारको असल उत्पादन सम्वन्धी अभ्यास, अदुवा बेसार खेती, लाग्ने रोग किरा र निदानको उपायबारेमा पनि जानकारी दिइएको छ ।
तालिममा क्षेत्रीय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धन अधिकृत विवेककुमार सुवेदी र विवेक बन्जारा तथा प्राविधिक सहायक सौरभ श्रेष्ठले तालिम दिनु भएको थियो ।
६ दिनसम्म चलेको तालिमको समापन गदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले आयोजनाले किसानलाई व्यवसायिकरण गदै उनीहरुको जीवनस्तर उकास्नको लागि काम गरिरहेको बताउनु भयो ।